सिद्धार्थ गु्रपले हस्पिटालिटी ब्यबसाय सुरु गरेको २१ बर्ष पुरा भएको छ । ब्यबसाय सुरु गरेको २१ बर्ष पुरा भएको अबसरमा गु्रपले देशैभर रहेका २२ वटा शाखाहरुले आफ्ना गेष्टहरुलाई केक खुबाएर स्बागत गर्ने भएका छन ।
बार्षिक उत्सबका अबसरमा अनाथ बालबालिकाहरुलाई खाद्यान्न र शैक्षिक सामाग्रीहरु बितरण, रक्तदान, मानसिक लगायत बिभिन्न समस्याका कारण सहारा गृहमा बस्दै आएका ब्यक्तिहरुलाई खाद्य सामाग्री बितरण सरसफाईका साथै पार्क हस्तान्त्ररण लगायतका कार्यक्रमहरु गर्न लागिएको गु्रपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।
सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीले करिब २० लाखको लागतमा निर्माण गरेको कोहलपुर चौराहालाई कोहलपुर नगरपालिकालाई हस्तान्तरण गर्ने तयारी गरि रहेको छ । कैलालीको टीकापुरबाट २०५४ माघ २३ देखि सानो नास्ता पसलबाट हपिस्टालि ब्यबसाय सुरु गरेको सिद्धार्थ गु्रपका कर्णाली चिसापानी , नेपालगन्ज, सुर्खेत , बुटबल , चितबनको चुम्लिङटार र काठमान्डौमा रेष्टुरेन्ट, होटेल , रिसोट, टे«ड, क्याफे , इष्ट्रिच्युट, कृषि फर्म र सहकारी गरी २२ वटा शाखाहरु रहेका छन ।
सिद्धार्थ गु्रपले कन्चनपुरको महेन्द्रनगर र झापाको बिर्तामोडमा निकट भबिश्य मै होटेलहरु संचालन गर्ने तयारी गरि रहेको छ । २१ औ बार्षिक उत्सबको अबसरमा सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटी अन्र्तगतका सबै शाखाहरुहरुले गु्रपले बार्षिक उत्सकका दिन माघ २३ गते सबै शाखाहरुमा फुड र बेबरेजमा १५ प्रतिशत छुट दिने गु्रपका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए ।