नेपालमा रेनोको आधिकारिक बितरक, एडभान्स अटोमोबाइल प्रा लि (विशाल समूहको सहायक कम्पनी)ले देशव्यापी मेला आयोजना गर्न लागेको छ ।
रेनो कारका पारखीहरुलाई ध्यानमा राख्दै कम्पनीले भोलि आइतबारदेखि माघ १४ गतेसम्म देशभरी ‘रेनो एक्सपेरियन्स मेला आरम्भ’ गर्न लागेको हो । ‘‘एक्सचेन्जमा दम छ, एक्साइटमेन्ट फुल अन छ’’ भन्ने नाराका साथ अटोमोबाइल ग्राहकहरुलाई ध्यानमा राखेर आयोजना गरिएको यो कार्निभलमा पुरानो कार प्रयोगकर्ताहरुले रेनोको नयाँ कारका साथमा एक्सचेन्ज गर्न सक्ने कम्पनीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
‘रेनोको क्विड, डस्टर र लजी मोडलहरुमा एक्सचेन्ज उपलब्ध रहेको छ’, प्रेस नोटमा उल्लेख छ, ‘ अभियानले ग्राहकलाई एक लाख बराबरसम्मको एक्स्चेन्ज बोनस अफर, २ बर्षसम्मको लागी फ्रि सर्भिसिङ्ग, एक बर्षको लागि बीमा, निशुल्क एसोसोरिज, एक आर्थिक वर्षभरीका लागि सडक कर फ्री, स्पट फाइनान्स, तुरुन्त मुल्यांकन र एक्सचेन्ज, आकर्षक नगद छुट (क्यास डिस्काउन्ट) लगायत सेवा उपलब्ध गराएको छ ।’
रेनो एक्सपेरियन्सले ग्राहकहरु लाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द प्रदान गर्ने बारेमा जानकारी प्रदान गर्ने प्रेस नोटमा उल्लेख गरिएको छ । यस बाहेक रेनोले जाडो यामका लागि लक्षित गरि ल्याएको ‘रेनो सुप्पर हिटु स्किम भब्य रुप संचालन भइरहेको जानकारी दिएको छ ।