भेरी सहकारी वित्तिय संस्था लिमिटेड नेपालगन्जले १ करोड ७ लाख ७८ हजार ५ सय ४१ रुपैया मुनाफा गरेको छ । संस्थाको शनिबार नेपालगन्जमा भएको २२ औ साधारण सभा कार्यक्रममा सो जानकारी दिएको हो । संस्थाका अध्यक्ष बसन्त लामिछानेद्धारा प्रस्तुत प्रतिवेदनमा आर्थिक बर्ष ७२/७३ मा ९३ लाख १५ हजार २३ रुपैंया ४ मुनाफा गरेको प्रतिबेदनमा उल्लेख छ ।
१ करोड ८५ लाख २५ हजार ४ सय चुक्त्ता पुजी रहेको उक्त सहकारीले यस आर्थिक बर्षमा २० करोड ७ लाख ५९ हजार ९ सय ५२ रुपैया निक्षेप गरेको छ भने कर्जातर्फ २३ करोड ९५ लाख ७० हजार ५ सय रहेको छ ।
२०५३ साल फागुन २४ गते स्थापना भएको सहकारीको हाल ३३३८ सेयर सदस्य रहेका छन । संस्थाका अध्यक्ष बसन्त लामिछानेको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अथिति राष्ट्रिय सहकारी विकास बोर्डका केन्द्रिय सदस्य देब बहादुुर केसी, विशिष्ट अतिथि नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, अथितिहरुमा जिल्ला सहकारी संघका सदस्य विन्दा खरेल शेयर लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुुद अतिथि राष्ट्रिय सहकारी बिकास बोर्डका केन्द्रीय सदस्य देब बहादुर केसीले जिल्लामा रहेका सम्पूर्ण सहकारीहरु सहकारी ऐन हनुुसार पुुस महिना भित्रै स्थानीय तहमा सूचीकृत हुुनुु पर्ने बताउनुु भयो । उहाँले यस भेरी सहकारीले बाँके जिल्लामा रहेर सहकारी ऐन अनुुसार कार्य गरेको भन्दै आगामी भविष्यमा बाँकेको सहकारीहरुमध्ये नमूनाको रुपमा परिचित हुुन र कार्यदिशामा अगागि बढ्न समेत शुुभकामना ब्यक्तगर्नुु भयो ।
सो कार्यक्रममा बोल्दै विशिष्ट अतिथि नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले बाँके जिल्लामा रहेका सम्पूर्ण सहकारी संस्थाहरुलाई सहकारी ऐनको व्यवस्था अनुसार नियमन र कानुुनी प्रक्रियामा ल्याउने तयारी भएको जानकारी दिनुभयो । यस जिल्लामा ४०९ वटा सहकारी रहेका छन । कार्यक्रममा तिन जना शेयर सदस्यलाई सम्मान गरिएको थियो । सम्मान हुनेमा बेलभार ५ का गुुरुदेव शरण मिश्र,कोहपुुर ८ का डिल बहादुुर थापा र बनकटवा ९ निवासी भैरवी कार्की रहनुु भएको थियो ।
प्रमुख अथिति राष्ट्रिय सहकारी विकास बोर्डका केन्द्रिय सदस्य देब बहादुुर केसी र विशिष्ट अतिथि नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरलाई मायाको चिनो प्रदान गरिएको संस्थाका सहायक ब्यवस्थापक शोभा गुुरुङ्गले जानकारी दिनुु भयो ।