नेपालगन्जमा हिराका गहनाहरुको प्रदर्शनी आयोजना सुरु भएको छ । सञ्जित ज्वैलर्सले तिसा गोल्ड एण्ड डाइमण्डस्सगको सहकार्यमा हिराका गहनाको प्रदर्शनीस“गै बिक्री वितरण सुरु गरेको हो ।
ज्वैलर्सका सञ्चालक सुख नारायण सोनारले आजदेखि तीन दिनका लागि प्रदर्शनी गर्न लागिएको जानकारी दिएका छन् । नेपालगन्ज सुनचादी व्यवसायी संघका कोषाध्यक्ष समेत रहेका सोनारले प्रदर्शनी मध्यपश्चिममै पहिलो पटक हुने लागेको बताएका छन् ।
‘हिराका गहनाका पारखीहरुले आफुलाई मनपर्ने छानेर खरिद गर्न सक्नुहुनेछ’, सञ्चालक सोनारले भने, ‘प्रदर्शनीका क्रममा खरिदकर्ताहरुलाई उपहार र छुटको व्यवस्था समेत समेत गरिएको छ ।’ उनले प्रदर्शनीका क्रममा रु. ६ हजार देखि हिराका गहना पारखीहरुले खरिद गर्न सक्ने बताएका छन् ।
सञ्जित ज्वैलर्समा आयोजना गर्न लागिएको प्रदर्शनीमा खरिदकर्तालाई हरेक एक लाखको हिराको गहना खरिदमा एउटा सुनको सिक्का उपहार प्रदान गरिने सञ्चालन सोनारले बताए । ‘नजिकिंदो पर्वहरु लाई लक्षित गर्दै नेपालगन्जमै विश्व प्रसिद्ध हलमाक्र्ड चिन्ह प्राप्त हिराका गहनाहरुको प्रदर्शनी आयोजना गर्न लागिएको हो’, उनले भने ।