वेष्टर्न बचत तथा ऋण सहकारी संस्थाले आफ्नो बार्षिक कारोबार अर्ब नजिक पुर्याएको छ । संस्थाले दिएको जानकारी अनुसार, कारोबार अर्ब नजिक पुगेको हो ।
संस्थाका प्रबन्धक थानिश्वर पाण्डेयका अनुसार, यसबर्ष ९० करोड बराबरको कारोबार गरिएको छ । ‘प्रत्येक बर्ष कारोबार दोब्बर रुपमा बढाउ“दै आउन सफल भएका छौं’, प्रबन्धक पाण्डेयले भने । यो बर्ष २४ लाख २७ हजार ९ सय ५६ रुपैया“ नाफा कमाउन सफल वेष्टर्नले सेयर पू“जी पनि दोब्बर भन्दा बढी गरेको छ । गतबर्ष १ करोड ४८ लाख ९२ हजार ६ सय सेयर पू“जी रहेको वेष्टर्नले यो बर्ष दोब्बर बढी ३ करोड २९ लाख ९१ हजार ५ सय पुर्याउन सफल भएको हो ।
‘पूर्णतया सहकारीका सिद्धान्तमा आधारित भएर आर्थिक कारोबार गरिरहेका कारण सेयरपू“जी बढाउन र निरन्तर नाफामा जान सफल भएका छौं’, दैनिक नेपालगन्जको जिज्ञासामा प्रबन्धक पाण्डेयले भने, ‘हर हिसाब चुस्त, दुरुस्त राख्ने र त्यसको पहुच प्रत्येक सेयर धनीको हुनु हाम्रो अर्को विशेषता हो ।’
प्रबन्धक पाण्डेयका अनुसार, व्यापार कर्जा, व्यक्तिगत र हायर पर्चेज कर्जामा सहजै लगानी गरिरहेको वेष्टर्नले घर कर्जा, विशेष र शैक्षिक कर्जालाई पनि प्राथमिकतामा राखेर सेयर सदस्यहरुलाई ‘सजिलो बैंकिङ्ग सेवा’ प्रवाह गरिरहेको छ ।
२०६७ साउन ११ गते स्थापना भएको बैंकले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रलाई आफ्नो कार्यक्षेत्रका रुपमा इजाजत लिएको छ । सहायक प्रबन्धक श्रीधर पौडेलले नियम विपरित ऋणका लागि मात्रै सेयर सदस्य बन्ने गलत संस्कारका कारण सहकारीहरु समस्यामा परेको सुनाए । ‘एउटा व्यापारीले ८÷१० वटा सहकारी संस्थाको पास बुक बोकेर बसेको हुन्छ’, ऋण लगानीका क्षेत्र सम्हालिरहेका पौडेलले एउटा जिज्ञासामा भने, ‘सहकारीको अनुगमन अभाव र संकीर्ण नीति नियमले विकृति बढाउदै लगेको छ ।’ उनले अनुगमलाई प्रभावकारी बनाउन सुझाए ।
‘लगानी सुरक्षित’
‘सफलताको सुत्र भनेकै नियमसंगत कारोबार, इमान्दार व्यवहार र पारदर्शिता हो’, वेष्टर्न बचत तथा ऋण सहकारी संस्था नेपालगन्जका अध्यक्ष इश्वर प्रसाद पोखरेलले दैनिक नेपालगन्जसग भने ।
‘सुशासन र समृद्धि सहितको भौतिक पूर्वाधार, संस्थाको दिगो विकासको आधार’ नारा सहित आज शुक्रबार संस्थाको आठौं बार्षिक साधारणसभा आयोजना तयारीमा जुटेका अध्यक्ष पोखरेल सग जिज्ञासा थियो, ‘यति छिटो यो सफलता कसरी सम्भव भयो ?’ जवाफमा उनले कुरा सुरु गरे, ‘सुरुका तीन बर्ष दयनीय थिए ।’ चार बर्षदेखि सहकारीको नेतृत्व सम्हालिरहेका अध्यक्ष पोखरेलको दोस्रो कार्यकालको पहिलो साधारणसभा पनि हो ।
‘जोखिमका लगानी क्षेत्र घटाउ“दै अगाडी बढेका छौं’, अध्यक्ष पोखरेलले भने, ‘यसो गर्दा भलै नाफा कम होला तर आम सेयरधनी र बचतकर्ताको लगानी सुरक्षित छ ।’ अध्यक्ष पोखरेलले सहकारीमा जोडिनुको मर्मलाई आफ्नो संस्थाले पुष्टि गर्दै आएको दाबी गर्दै भने, ‘नियमसंगत नचल्दा भएको विसंगतिका कारण हामीजस्ता इमान्दार संस्थाहरुप्रतिको दृष्टिकोण पनि बदल्न निकै मेहनत गर्नुपर्छ ।’