संघमा अधिकारी प्यानलको वर्चश्व

कोहलपुर उद्योग बाणिज्य संघको नेतृत्वमा चक्र बहादुर अधिकारी निर्वाचित भएका छन् ।

 
सोमवार सकिएको मतपरिणाम अनुसार, आगामी तीन बर्षे कार्यकालका लागिअधिकारीको नेतृत्व निर्वाचित भएको हो ।
छैठौं कार्यकालका लागि आइतवार भएको मतदानको परिणाम सोमवार आएको हो । राजनीतिक ध्रुविकरण बीच दुई प्यानलमा भएको प्रतिष्पर्धामा अधिकारी ७८५ मतसहित विजयी भएका हुन् । निकटतम प्रतिष्पर्धी विष्णु प्रसाद खनालले ४०४ मत प्राप्त गरेका छन् ।

 
बरिष्ठ उपाध्यक्षमा ६७६ मत प्राप्त गरी नमप्रसाद शर्मा विजयी भएका छन् । निकटतम प्रतिष्पर्धी केशब सापकोटाले ४८४ मत प्राप्त गरेका छन् । उद्योगतर्फको उपाध्यक्षमा खनाल प्यानलका प्रदिप भट्टराई र बाणिज्यतर्फको उपाध्यक्षमा अधिकारी प्यानलका लक्ष्मण पौडेल विजयी भएका छन् । पौडेलले ६७६ मत प्राप्त गरी विजयी भएका छन् भने निकटतम प्रतिष्पर्धी रमणी शर्माले ४८१ मत प्राप्त गरेका छन् ।

 
उद्योग तर्फका उपाध्यक्ष भट्टराई ६१० मत प्राप्त गरी बिजयी भएका हुन भने, निकटतम प्रतिष्पर्धी देवानन्द अर्यालले ५५१ मत प्राप्त गरे । संघका मुख्य निर्वाचन अधिकृत लोक बहादुर शाहका अनुसार, महासचिवमा तेजप्रसाद अधिकारी विजयी भएका छन् । महासचिवमा अधिकारीले ६८७ मत प्राप्त गरी विजयी भएका हुन् । निकटतम प्रतिष्पर्धी हेमराज खनालले ४६५ मत प्राप्त गरेका छन् । उपमहासचिवमा मातृका सापकोटाले विनोद पौडेललाई पराजित गरेका छन् । विजयी सापकोटाले ६६० मत र निकटतम प्रतिष्पर्धी विनोद पौडेलले ४८७ मत प्राप्त गरे । कोषाध्यक्षमा सुनिल खनाल र सहकोषाध्यक्षमा इश्वर श्रेष्ठ विजयी भएका छन् ।

 
महिला सदस्यमा संगीता सुवेदी र अन्जना धिताल, खुला सदस्यहरुमा सीता कार्की, चण्डी प्रसाद गैरे, नविन खड्का, दिपक बहादुर भण्डारी, पे्रमराज सुवेदी, खुम बहादुर खत्री, धन बहादुर बुढा क्षेत्री, तेज बहादुर शाही, टिकाराम देवकोटा र भुपेन्द्र प्रसाद काफ्ले विजयी भएका छन् । २५ सदस्यीय कार्यसमितिका लागि हिजो भएको निर्वाचनमा १२ सय ६३ मत खसेको थियो ।

 
यसअघिनै बस्तुगत सदस्यमा देवीसिंह खड्का निर्विरोध घोषणा गरिएको थियो । बस्तुगत सदस्यमा ज्ञानेन्द्र खनाल र रेखीराम विकको बराबर ३÷३ मत प्राप्त गरेकाले आधा÷आधा कार्यकाल जिम्मेवारी सम्हाल्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृत शाहले जानकारी दिए । यसअघिनै बस्तुगत सदस्यमा देवीसिंह खड्का निर्विरोध घोषणा गरिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया