इजरायलमा नेपाली विद्यार्थीको माग बढ्दो

इजरायलमा नेपाली विद्यार्थीको माग बढ्दै गएपछि कोटा थप गरिंदै आएको छ । साना किसान कृषि प्रशिक्षार्थी कार्यक्रम मार्फत कृषि अध्ययनका लागि इजरायल जाने नेपाली विद्यार्थीहरुको माग बढेपछि कोटा थप गरिदै आएको हो ।

साना किसान विकास बैंक लिमिटेडले इजरायली राजदुतावास मार्फत विगत ५ बर्षदेखि ‘साना किसान कृषि प्रशिक्षार्थी कार्यक्रम’ सञ्चालन गर्दै आएको छ । ‘नेपालीहरु इमान्दार, कर्मठ र परिश्रमी भएकाले इजरायलमा रुचाइएका छन्’, प्रशिक्षार्थी छनोटका लागि आएका इजरायली यूनिभर्सिटिका प्रतिनिधि सोल्भो नजिरले सोमबार पत्रकारस“ग भने । सोल्भोले त्यसो भनिरहदा छेवैमा बसेका इजरायली रोजगारदाता इलि भन्दै थिए, ‘इजरायल पुगेका नेपाली परफरमेन्स ८० प्रतिशत उत्कृष्ट छ ।’

पा“च बर्षदेखि सञ्चालित साना किसान कृषि प्रशिक्षार्थी कार्यक्रममा यो बर्ष भाग लिने ५ सय ४० मध्ये सोमबार नेपालगन्जबाट मध्य र सुदूरका १ सय जनाको छनोट गरिएको छ । ‘५ बर्ष अघि २ सय ४ जनाबाट सुरु भएको कोटा बढेर ५ सय ४० पुगेको छ’, साना किसान विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत शिवराम प्रसाद कोइरालाले भने, ‘कोटा अझै बढाउने सम्भावना देखिएको छ ।’

इजरायलबाट कृषि उत्पादनका विभिन्न विधामा अध्ययन र अभ्यास गरेर यसबीच साढे ११ सय नेपाली फर्किसकेका छन् । ‘२ सय बढी नेपाली युवाहरुले व्यवसायिक कृषि कर्ममा आकर्षक उपलब्धी लिन सफल भएका छन्’, साना किसान बैंकका मुख्य प्रबन्धक झलेन्द्र भट्टराईले भने ।

साना किसान विकास बैंक इलाका प्रमुख राजेन्द्र भण्डारीले यसबर्ष को छनोट कार्य सकिएको बताए । उनका अनुसार, १२ जिल्लाका साना किसान कृषि सहकारी संस्थामा आबद्ध किसान परिवारका २२ देखि ३० बर्ष उमेर समूहका प्रत्यासीहरुबाट गोला प्रथा गरी विद्यार्थी छनोट गरिएको छ । ‘उनीहरु इजरायलका विभिन्न कलेज कृषि तालिम तथा अनुसन्धान केन्द्रमा ११ महिनासम्म तालिम लिनेछन्’, भण्डारीले भने ।

प्रतिक्रिया

प्रतिक्रिया