नेपालगन्ज : औद्योगिक फिडर सञ्चालन

नेपाल विद्युत प्राधिकरणले उद्योग क्षेत्रका लागि छुट्टै फिडर सञ्चालनमा ल्याएको छ ।

प्राधिकरणको कोहलपुर सब स्टेशनबाट ११ के.भी. क्षमताको औद्योगिक कोरिडोरका लागि सोमबारदेखि नया फिडर सञ्चालनमा ल्याएको हो । ‘उद्योगी व्यवसायीले मागको सुनुवाई भएको छ’, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले भने, ‘अब व्यवसायीहरुको विद्युतका कारण झेल्दै आएको समस्या हल हुने
विश्वास लिएको छु ।’

उद्योग वाणिज्य संघले औद्योगिक फिडरका लागि लामो समयदेखि पहल गर्दै आएको थियो । ‘लोडसेडिङ्ग तथा भोल्टेजको समस्या अब हुदैन’, अध्यक्ष वैश्यले भने, ‘कोहलपुरदेखि नेपालगन्जसम्म उद्योग क्षेत्रले अब छुट्टै लाइन लिन पाउने व्यवस्था भएको छ ।’ बर्षौदेखि व्यवसायीहरुले औद्योगिक कोरिडोरमा अलग्गै फिडरको माग गर्दै आएका थिए । नया फिडरले उद्योग क्षेत्रको विद्युत समस्या समाधान हुने विश्वास व्यवसायीहरुले लिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया