नेपालगन्जमा महंगो घरभाडा

प्रेम विश्वकर्मा  
नेपालगन्ज नगर क्षेत्रमा भाडा अत्यधिक महंगाे रहेकाे छ । एउटा काेठाकाे ३ हजार सम्म पर्ने गर्दछ । अाजभाेली प्राय फ्ल्याट नै लिएर बस्ने चलन बढेकाे छ । र फ्ल्याटकाे भाडा १० हजार भन्दा कम छैन ।
घरधनीले मनपरि भाडा बढाएपछि नेपालगन्ज वरपरका क्षेत्रमा डेरावालाहरु मर्कामा परेको पाइएको हो । डेरावाला मात्र होइन घर भाडामा लिएर पसल, व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरु समेत बर्षौपिच्छे मनपरी रुपमा बढ्ने गरेको भाडाबाट समस्यामा पर्ने गरेको गुनासो गर्दछन् ।

नेपालगन्जमा २०६० साल देखि बस्दै आएको बताउने बिना गुरुङ भन्छिन, ‘सुरुमा आउँदा रु ५ सय लिन्थे । अहिले रु २ हजार, रु २५ सय, रु ३ हजार सम्म र सो भन्दा माथी लिने गरेका छन । बत्ती पानीको विल पनि उस्तै महँगो तिर्नुपर्छ । थोरै आम्दानीले त गाह्रो नै हुन्छ ।’

नेपालगन्जमा सटर भाडामा लिएर व्यवसाय सञ्चालन गरिरहेका मदन केसीले महंगो भाडाले समस्या भैरहेको बताए । उनले भने, ‘कतिपय ब्यापारी र घरधनी विचमै घरभाडाको सवालमा चर्को विवाद कायम छ ।’ उनी थप्छन्, ‘कुनै महिना त भाडा रकम जति व्यवसाय हुदैन ।’

कतिपय घरबेटिहरुले विद्युत शुल्क प्रति युनिट १२, १४ रुपैया सम्म लिने गरेका छन् । घरबेटिले अझ सरसफाई शुल्क भन्दै अलग्गै ३,४ सय रुपैया पनि लिने गरेको पाइन्छ ।

यस्तै कालिकोट घर भई हाल अध्ययनको सिलसिलामा नेपालगन्जमा बसोबास गर्दै आउनु भएका अर्का मनु रोकाय भन्छन, ‘एक वर्ष यता देखि नेपालगन्जमा बसिरहेको छु । देशकै सबैभन्दा ठुलो सहर काठमाडौंमा ३ वर्ष बसे । एक पटक मात्र भाडा बढ्यो । तर नेपालगन्जमा एक वर्षमा ३ पटक भाडा बढाई सकिएको छ । यहाँ त घर घरमा मनपरि छ । त्यही पनि चित्त बुझाउनु पर्ने वाध्यता छ ।’

उपमहानगरतपालिकालाइ घर भाडा कर २ प्रतिशत बुझाउनुपर्छ । भाडा चर्काे भए पनि घरभाडा कर भने त्याे अनुपातमा उठेकाे पाइदैन । नेपालगन्ज उमहानगरपालिका राजस्व फाँटका  सतिश मान श्रेष्ठका अनुसार, ‘सम्पति कर बापतको शुल्क १८,१९ हजार जति नगरबासीले कर तिर्नु पर्ने हो । अहिले १० हजार जति नगरवासीले मात्र नियमित कर तिरी रहेका होलान ।

नेपालगन्ज नगर क्षेत्रमा खाली घर, कोठा पाउनै हम्मे हम्मे पर्ने समस्या पनि रहेकाे छ ।

प्रतिक्रिया

प्रतिक्रिया