लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

लुम्बिनी प्रदेश सरकार ले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गर्ने भएको छ ।

प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत आज दिउँसो १ बजे बस्ने छैटौँ बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर ले प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार दशरथ घिमिरे का अनुसार प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विकास, सुशासन, उत्पादन, रोजगारी, कृषि, पर्यटन तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ ।

प्रदेश सरकारले समग्र आर्थिक तथा सामाजिक विकासलाई केन्द्रमा राख्दै उत्पादनमुखी र रोजगारमूलक कार्यक्रमलाई विशेष प्राथमिकता दिने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया