‘भ्वाइस किड्स’ सिजन ५ : चार कोच औपचारिक रूपमा सार्वजनिक

 हिमालय टेलिभिजनबाट प्रसारण हुने सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ किड्स’ सिजन पाँचका कोच (निर्णायक) सार्वजनिक गरिएको छ । बिहीबार ४ जना कोचहरूबारे जानकारी गराइएको हो ।

यस संस्करणको कोचमा सत्यराज आचार्य, मिलन नेवार, अर्जुन सापकोटा र वाङ्देन शेर्पा छन् ।

सत्य र मिलनको निरन्तरता हो भने अर्जुन र वाङ्देन पहिलोपटक कोच बन्न लागेका हुन् । निर्देशक लक्ष्मण पौड्यालका अनुसार शनिबारदेखि ‘ब्लाइन्ड अडिसन’ राउन्डको छायांकन सुरु हुँदैछ ।

‘ब्लाइन्ड अडिसन’ बाट ४८ जना ट्यालेन्ट छनोट हुनेछन् । प्रसारण जेठको अन्तिम सातादेखि सुरु हुने जनाइएको छ । निर्देशक पौड्यालका अनुसार, यो संस्करणमा ‘सुपर ब्लक’को नियम पनि लागू गरिने भएको छ ।

‘अघिल्लो संस्करणमा धेरैजनाले रुचाएकाले यस पटकदेखि सुपरब्लकको नियम लागू हुनेछ’ उनले भने ।

प्रतिक्रिया

प्रतिक्रिया