एमालेको बहिष्कारबीच राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित

राष्ट्रियसभाको आजको बैठकले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ।

काठमाडौँ, ३१ वैशाखःराष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल सिंहदरबारस्थित संसद् भवनमा बिहीबार बसेको राष्ट्रियसभा बैठक सञ्चालन गर्नुहुँदै । तस्बिरः किरणराज विष्टर/रासस

छलफलका क्रममा उठाइएका प्रश्नहरूको जवाफ अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले दिएपछि संशोधन प्रस्ताव प्रस्तुत गर्ने सदस्यहरूबाट प्रस्ताव फिर्ता लिने वा नलिने प्रक्रिया सम्पन्न गरिएको थियो। त्यसपछि निर्णयार्थ प्रस्तुत गरिएको नीति तथा कार्यक्रम बैठकको बहुमतबाट स्वीकृत भएको हो।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्णयार्थ प्रस्ताव पेश गर्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मतदान प्रक्रियामा सहभागी नहुने जनाएको थियो। अन्य दलका सदस्यहरूको ध्वनि मतका आधारमा नीति तथा कार्यक्रम पारित भएको घोषणा गरिएको हो।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेल ले वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।

प्रतिक्रिया

प्रतिक्रिया