समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा डिल्लिराज आचार्य अध्यक्ष नियुक्त

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित तीन जनालाई नियुक्त गरेको छ।

मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले समितिको अध्यक्षमा प्युठानका डिल्लिराज आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो।

त्यसैगरी, समितिका सदस्यमा धादिङका नवराज सिम्खडा र ललितपुरका रोशनबहादुर शाक्यलाई नियुक्त तथा मनोनयन गरिएको छ।

उक्त निर्णयबारे जानकारी सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले दिएका छन्।

प्रतिक्रिया

प्रतिक्रिया