नेपालगन्जको धम्बोझी चोकमा राखियो आज बिहीबार स्व. राजा विरेन्द्रको शालिक राखिएको छ ।
जनआन्दोलनपछि तोडफोड पछि हटाइएको शालिक पुनः राख्दा प्रहरीले २४ घण्टा नबित्दै निकालिदिएको थियो ।
आज जेठ १९ गते स्व. राजाको हत्या भएको दिन पारेर स्व. राजा वीरेन्द्रको शालिक राखिएको हो । शालिक राख्ने क्रममा सामान्य विवाद भैरहेको छ ।
सक्रिय राजतन्त्रको अन्त्य भएपछि नेपालगन्जको धम्बोझी चोकमा रहेको राजा विरेन्द्रको शालिक लोकतान्त्रिक आन्दोलनका क्रममा आक्रोशित एक समूहले २०६४ सालमा तोडफोड गर्यो । तत्पश्चात जीर्ण बनेको चोकमा राष्ट्रिय झण्डा लगाइएको थियो ।
त्यसको झण्डै एक दशक पछि राजतन्त्रमा आस्था राख्ने केही संगठनहरुले राजा विरेन्द्रको शालिक नाटकीय ढंगले विरेन्द्र चोकमा स्थापित गरिदिए । २०७३ साल भदौ १६ गते बिहीबार विहान ‘राष्ट्रवादी युवा’का नाममा प्रस्तुत राजतन्त्र पक्षधरहरुले नाटकीय ढंगले प्रहरी छक्याउ“दै शालिक पुनस्र्थापन गरेका थिए ।
‘झण्डा फेर्ने बहानामा हामीलाई झुक्याएर विरेन्द्रको शालिक राखिएको थियो’, तत्कालीन प्रहरी स्रोतले भनेको थियो, ‘हामी पूर्व संकेतबाट सतर्क थियौं तर, झुक्याएर शालिक लगाइयो ।’ शालिक पुनस्र्थापनाको क्रममा प्रहरीले लाठीचार्ज समेत गरेका थिए ।
त्यतिबेला पुनस्र्थापित शालिक २४ घण्टा पनि प्रशासनले चोकमा टिक्न दिएन । त्यसको ६ बर्ष पछि पुनः चोकले शालिक पाएको छ ।
राजावादीहरुले नेपालगन्जको धम्बोझी चोकमा पुनःस्थापना गरेको स्वर्गीय राजा विरेन्द्र शाहको अर्धकदको शालिक प्रहरीले सोही बेला मध्यरातमा हटाएको थियो । सर्वदलीय बैठकले शालिक हटाउने निर्णय गरेपछि प्रहरीले मध्यरातमा सालिक हटाएको थियो । त्यसक्रममा तत्कालीन राप्रपा नेपाल बाँकेका कोषाध्यक्ष तेजनारायण कंडेलसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई भोलिपल्ट रिहा गरिएको थियो ।
आज जेठ १९ गते राज परिवारको हत्या भएको दिनको अवसर पारेर नेपालगन्जको धम्बोझी चोकमा पुनः अद्र्धकदको शालिक पुनस्र्थापना गरिएको छ । केही महिना अघि जनआन्दोलनकै क्रममा तोडफोड भएपछि झण्डा लगाइएको त्रिभुवन चोकमा पनि राजा त्रिभुवनको शालिक राखिएको थियो । अहिले त्रिभुवन चोकमा शालिक कायम भएको छ । स्व. राजा वीरेन्द्रको शालिक पनि अब कायम राखिने सम्भावना छ ।














