टक्सार बचत तथा ऋण सहकारी संस्थाले कारोबारमा सहजता ल्याउँदै बचतकर्ताका लागि चेकको काम गर्ने ‘पे स्लीप’ जारी गरेको छ । विहीवार नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दूल वाहिद मन्सुरीले ‘पे स्लीप’बाट कारोबारको शुभारम्भ गरे ।
संस्थाका अध्यक्ष बीरभान केसीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष चिरञ्जीवी ओलीले वचतकर्ताको सहुलियतका लागि ‘पे स्लीप’ जारी गरिएको बताए । संस्थाले कारोबारमा गरेको प्रगतिसँगै प्रविधियुक्त सेवामा टक्सारलाई लगिने उनको भनाइ थियो ।
संस्थाका सचिव महेश्वर जोशीका अनुसार, गत आर्थिक वर्षमा तमाम चुनौतीबीच पनि संस्थाले ८ करोड बराबरको कारोबार गर्न सफल भएको छ । ‘४ करोड लगानी गरिएको छ,’ जोशीले भने । संस्थाका वरिष्ठ सल्लाहकार इश्वर पोखरेल विशिष्ठ अतिथि रहेको कार्यक्रममा अग्रज व्यवसायी बलराम श्रेष्ठले शुभकामना व्यक्त गर्दै ‘पे स्लीप’ले कारोबारलाई सहजीकरण गरेको बताए ।








