
पश्चिम नेपालको एक पर्यटकीय नगरी कोहलपुर नगरपालिका भित्र पर्ने मुख्य–मुख्य पर्यटकीय क्षेत्र तथा आकर्षकहरुको बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्न भनि पर्यटन प्रवद्र्धन सम्बन्धि विज्ञापन सार्वजनिक भएको छ ।
कोहलपुर नगरपालिका क्षेत्र भित्रका होमस्टे, पार्क, भ्यूटावर, चौराहा, बाँके राष्ट्रिय निकुञ्ज र यस भित्रका जंगल सफारी, हात्ती सफारी, वर्ड वाचिङ्ग जस्ता विविध प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक महत्वलाई अझै कलात्मक र सुन्दर तरिकाले प्रस्तुत गरिएको यस प्रर्वधानात्मक वृत्तचित्र (विज्ञापन)लाई कोहलपुर नगरपालिकाले आर्थिक लगानी गरेको हो भने मिसन इन्टरटेनमेन्ट प्रा.लि. ले निर्माण गरेको हो ।

यस्ता पर्यटन प्रवद्र्धन सम्बन्धि विज्ञापनका कारण छोटो समयमा सबै पक्ष बुझ्न सहज हुने भएको हूँदा यसको महत्व अन्तर्राष्ट्रिय स्तरमा बढिरहेको थियो भने नेपालमा पनि बिस्तारै बढ्ने आशा लिइएको निर्माण कम्पनिले जनाएको छ ।













