‘ग्रिन फोर्स’को तयारीमा छौं’- मन्त्री आरती पौडेल

नेपालगन्ज – युवाहरुलाई कृषि क्षेत्रमा आकर्षित गर्नका लागि ‘ग्रिन फोर्स’को योजना अघि सारिएको प्रदेश ५ की कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले बताएकी छन् । जिल्लास्तरीय अगुवा च्याउ उत्पादक कृषक भेला उद्घाटन गर्दै मन्त्री पौडेलले कृषिमा क्रान्ति ल्याउनका लागि ‘ग्रिन फोर्स’ तयार गर्न लागेको बताएकी हुन् । मन्त्री पौडेलले बैदेशिक रोजगारमा आकर्षित हुने युवाहरुलाई स्वदेशमै कृषि तर्फ आकर्षित गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताइन् ।

मन्त्री पौडेलले अनुदानका विषयमा विभिन्न किसिमको टिप्पणी गर्न थालिएकाले आफ्नो मन्त्रालयले उत्पादनको आधारमा कृषकलाई अनुदान दिने नीति बनाउन लागेको जानकारी दिइन् । उनले च्याउ उत्पादक किसानको उत्पादनलाई बजारीकरणका लागि प्रदेश सरकारले चिलीङ्ग भ्यानसमेतको व्यवस्था गर्ने तयारी गरेको बताइन् ।

च्याउ उत्पादक किसान महासंघ प्रदेश नं. ५ का अध्यक्ष केवल प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा च्याउ उत्पादन क्षेत्र तोकेर च्याउको बजारीकरण लगायतका लागि मन्त्री पौडेललाई १७ बुँदे मागपत्रसमेत बुझाइएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया