नेपालगन्जमा इदको उत्साह

एक महिनाको उपवास (रोजा) पछि इस्लामिक धर्मावलम्वीहरुले ईद मनाएका छन् । शुक्रबार राती चन्द्रमा देखिएपछि शनिबार ईद मनाउने घोषणा गरिएको थियो । ईदको नमाज स्थानीय विपीचोक स्थित इदगाहमा बिहान साढ ८ बजे सम्पन्न भएको थियो । नमाजमा हजारौं मुस्लिम समुदायको सहभागिता रहेको थियो । मुस्लिम धर्मावलम्बीहरुले देशमा दीगो शान्ति, समृद्धि र सद्भावको कामना गर्दै प्रार्थना गरेका छन् ।


ईदको शुभकामना आदान प्रदान गर्न इदगाहमा ठूलो संख्यामा अन्य समुदायका राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, संघ, संस्था सम्बन्धित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।  बिहान ईदगाहमा हजारौं व्यक्तिहरुले एकआपसमा अँगालो मारेर ईदको शुभकामना आदानप्रदान गरेका थिए । इस्लाम धर्मावलम्बीको ठुलो चाड ईदुल फित्र मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाएका छन् । ईदको अवसरमा मुस्लिम समुदायमा विभिन्न प्रकारका विशेष परिकार खाने र खुवाउने प्रचलन रहेको छ ।


इस्लाम धर्मको पात्रोअनुसार नवौँ महिनामा एक महिनाका लागि रोजा अर्थात दिनभरि उपवासमा बसेर पर्व सुरु हुन्छ । इदुल फितर मुस्लिम समुदायको सबभन्दा ठुलो र महान पर्वको रुपमा रहेको छ । एक महिना सम्म गर्मी, भोक, तिर्खा, सहनु दिनको पाँच पटक नमाज पढनु, नराम्रा काम बाट बच्नु, झुटो नबोल्नु, नराम्रो बस्तुहरु नहेर्नु, त्यस्तो ब्यक्तिले इदको दिन अल्लाहबाट उपहार पाउनुको मतलब उसले गरेको गल्ती लाई अल्लाहले माफ गरिदिन्छ भन्ने बिश्वास राखेका हुन्छन् । रोजा हरेक बालक, बालिका, महिला, पुरुषहरु माथि अनिवार्य रुपमा फर्ज रहेको छ । यदि कुनै ब्यक्ति एकदमै बिमारी भई ब्रत अथवा रोजा बस्नै नसक्ने अवस्थामा छ भने उसले एक महिनासम्म एक गरिव ब्यक्तिलाई खाना खुवाउनु पर्छ । बरु उसले खानाको सट्टामा पैसा पनि दिन हुन्छ ।


रमजानको महिनामा आठओटा ढोका खुल्ला हुन्छन् । त्यसमा एउटा रैयान हो । यदि यो महिनामा कुनै मुस्लिम ब्यक्तिको मुत्यु भयो भने उसको लागि स्वर्गको ढोका खुल्ला हुन्छ, उ स्वर्गमा जान्छ भन्ने विश्वास रहेको छ । इस्लाम धर्ममा पाँच ओटा महत्वपुर्ण खम्बाहरु छन् । जुन हरेको ब्यक्तिको लागि अन्त्य जरुरी छ । Photo Bishal rana magar

 

 

प्रतिक्रिया

प्रतिक्रिया