‘प्रधानमन्त्री कपलाई साझा बनाऊँ’

नेपालगन्ज, माघ २९ गते

प्रधानमन्त्री कप पाँचौं अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई साझा आयोजनाका रुपमा विकास गर्दै सफल बनाउने कुरामा बाँकेका सरोकारवालाहरुले जोड दिएका छन् । नेपालगन्जमा सोमबार बसेको बैठकमा निजी विद्यालय, उद्योग, राजनीति र खेलकुद क्षेत्रका सम्बद्ध अगुवाले प्रतियोगिताले पश्चिमको क्षेत्रको खेलकुद विकासमा अग्रणी भुमिका खेलेको भन्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

 

पर्सि विहीवार देखि नेपालगन्जमा प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता भइरहेको छ । प्रतियोगितामा नेपालको दुई विभागीय टोली एपिएफ, नेपाल पुलिस क्लब, शिवम् न्यु डायमन्ड, पश्चिमाञ्चल, भारतको दुइ टोली देहरादुन र बंगलादेशको टोलीले प्रतिस्पर्धा गर्ने निश्चित भएको आयोजक बाँके जिल्ला भलिबल संघले जनाएको छ ।

 

 
प्रदेशसभा सभा सदस्य सुरेन्द्र हमालले प्रतियोगिताले अन्तर्राष्ट्रिय स्तरको छवि हासिल गर्दै गैरहेको बताए । ओलम्पियन समेत रहेका हमालले भने, ‘नेपालगन्जमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता गर्न कठिन छ, धेरै प्रतियोगिता यहाँ भएका छैनन् ।’ भलिबल संघले देखाएको आँटको सबैले कदर गर्नु पर्ने भन्दै हमालले ‘प्रतियोगितालाई सफल बनाउन सबै राजनीतिक पार्टी प्रतिबद्ध रहेको’ बताए ।

 

 
क्षेत्रीय खेलकुद विकास समितिको समन्वयमा प्रतियोगिता हुँदैछ । क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष भीम ओलीले प्रतियोगिताले आगामी वर्ष हुने आठौं राष्ट्रिय खेलकुदको तयारीलाई सहयोग गर्ने बताए । भलिबल संघका केन्द्रीय सचिव समेत रहेका ओली भने, ‘हामी एक वर्ष पछि नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुद गर्ने तयारीमा छौं । त्यसको व्यवस्थापन हाम्रो चुनौति हो । तर यस्ता स्तरीय प्रतियोगिता भए हामीलाई आठौं राष्ट्रिय खेलकुद गर्न केहि कठिन हुने छैन । र अहिले हामीसँग सहकार्य गरेको संघ संस्था र ब्यक्तिहरुबाट हामीले आठौं गर्ने टिमको तयारी गर्ने छौं ।’

 

 
लिग कम नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले २ लाख रुपैया, उपविजेताले १ लाख र तेस्रोले ५० हजार रुपैया पुरस्कार पाउनेछन । विभिन्न विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीले आकर्षक पुरस्कार पाउनेछन । आयोजक बाँके जिल्ला भलिबल संघ अध्यक्ष टिएस ठकुरीले प्रतियोगिता भलिबल संघ परिवारको मात्र नभएर सिगो नेपालगन्ज बाँसीको प्रतिष्ठासँग जोडिएको बताए । उनले भने, ‘हामीले सोचेको सपना पुरा भैरहेको छ ।’

 

 

‘प्रतियोगिताले अन्तर्राष्ट्रिय स्तरको आकार लिइसकेको छ,’ अध्यक्ष ठकुरीले बैठकमा उत्साहित हुँदै भने, ‘अब छिटै हामी दक्षिण एसियाली स्तरको बनाउने साेंचका साथ अगाडी बढेको छौं । र, यो पुरा पनि हुनेछ । तर त्यसका लागी हामी एक्लैको प्रयासले मात्र हुदैन । सबैको साथ र सहकार्य भएमात्र देशलाई चिनाउने प्रतियोगिता गर्न सकिन्छ ।’
बैठकमा पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष समेत रहेका निवर्तमान केन्द्रीय सदस्य झलक गैरेले मिडियाको तर्फबाट प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाए ।

 

 

महासंघ बाँके अध्यक्ष ठाकुर सिह थारु, नेपाल पत्रकार महासंघका निर्वतमान सदस्य जनक नेपाल, सामुदायिक रेडियो प्रसारक संघका सदस्य तुला अधिकारी, प्याब्सन बाँके अध्यक्ष डा. राजेश केशर खनाल, एनब्याप्सन केन्द्रिय केन्द्रीय उपाध्यक्ष बामदेव न्यौपाने, हिसान बाँके अध्यक्ष डा. अरबिन्द मिश्र लगायतले बैठकमा प्रतियोगितालाई सफल पार्न सहयोग गर्ने बताएका थिए ।

 

आयोजक बाँके जिल्ला भलिबल संघ अध्यक्ष ठकुरीले भने, ‘हामीले प्रतियोगितालाई स्तर विकासमा मात्र जोड दिएको छैनांै । कला संस्कृति र देश देशका खेलाडीहरु पछि आत्मीय सम्बन्धलाई विकास गर्नको लागी ध्यान दिइरहेको छ । यसले हरेक देशमा खेल संस्कृतिको विकासमा सहयोग गरेको हुन्छ ।’
आतुर छन् खेलाडी
नेपालगन्ज, माघ २९ गते

 

नेपालका स्तरीय प्रतियोगिताको छबि बनाइरहेको प्रतियोगिता हो प्रधानमन्त्री कप (पिएम कप) अन्तर्राष्ट्रिय महिला भलिबल । नेपालको बलिया टोलीको रोजाईमा पर्छ पिएम कप । नेपालगन्जमा प्रतियोगिताको तयारी तिब्र गतिमा बढिरहेको छ । प्रतियोगिताको रौनक बढिरहेको बेला पिएम कप भलिबल खेल्न खेलाडी पनि आतुर देखिएका छन् ।

 

नेपाली महिला भलिबलका स्तरीय टोली यतिबेला चितवनमा प्रथम मेयर कप महिला भलिबल प्रतियोगिता खेलिरहेको छन् । प्रतियोगिताको फाइनलमा पुगिसकेको छ विभागीय टोली एपिएफ । एपिएफकी मुख्य स्पाइकर रेश्मा भण्डारी भने पिएम खेल्नका लागि आफु आतुर भएको बताउँछिन् ।

 

 

‘हामी वर्ष भरी प्रतियोगिता खेल्न ब्यस्त हुन्छौं । तयारीका लागी धेरै समय पनि पुग्दैन । तर पिएम कपका लागी हामी विशेष तयारी गरेर आउँछौं, रेश्माले दैनिक नेपालगन्ज भनिन्, ‘नेपालमा हुने धेरै प्रतियोगितामा हामीले चिनेकी टिमसँग खेलेको हुन्छौं । उनीहरुको बारेमा हामीलाई धेरै कुरा थाहा छ । हाम्रा बारेमा पनि भलिबलमा चासो राख्नेलाई जानकारी हुन्छ । तर पिएम कपमा स्तरीय खेलाडी आउने भएकोले हामी खेल्न उत्साही हुन्छौं ।’

 

 

इन्डो नेपाल भलिबल प्रतियोगिताको नामबाट सुरु भएको पिएम कप महिला भलिबल अहिले अन्तर्राष्ट्रिय प्रतियोगिता भैसकेको छ । प्रतियोगितामा विगतमा भारतको राष्ट्रिय टोलीबाट खेलेका खेलाडीले खेल्दै आएका छन । तर यसपटकबाट भने बंगलादेशी टोलीको सहभागिता हुने भएकोले प्रतियोगितामा प्रतिस्पर्धा हुने थप अपेक्षा आम भलिबल दर्शकले गरेका छन् ।

 

 

त्यस्तै महिला भलिबलका स्टार खेलाडी सरस्वती चौधरी र प्रतिभा मालीका लागी आफनो वास्तविक कला देखाउने प्रतियोगिता बनिरहेको पिएम कप । प्रतियोगितामा अग्ला खेलाडीको ब्लकलाई पन्छाउँदै आफनो क्षमता देखाउन सरस्वती र प्रतिभाले नेपालगन्ज कभर्ड हलमा मेहनत गर्ने गर्छन । प्रतियोगिताको पाँचौ संस्करणको तयारी भैरहेको बेला पिएम कपमा हाल सम्म सर्वाधिक सफल टोली भारतकै छ । पहिलो संस्करण नेपाल पुलिस क्लबले जितेको थियो । त्यसपछि एपिएफले उपाधि जितेपछि पछिल्ला दुइ संस्करणमा लगातार भारतीय क्लबले जितेको थियो ।

 

 

पिएम कप खेलाडीका लागी मात्र आर्कषणको प्रतियोगिता होइन । प्रशिक्षकका लागी प्रतिक्षा गर्ने प्रतियोगिता हो ।
आफनो टिमको वास्तविक स्तर परिक्षण हुने भएकाले पनि पिएम कपलाई महत्वपुर्ण प्रतियोगिताको रुपमा लिएको बताउँछन् न्यु डायमन्डका प्रशिक्षक कुमार राई । उनले दैनिक नेपालगन्ज सँग भने, ‘अन्य प्रतियोगितामा विदेशी खेलाडी आएपनि स्तरीय हँुदैनन् । नेपालको थोरै प्रतियोगितामा केहि राम्रा भारतीय खेलाडी आएका छन । त्यसमा पिएम कप पहिलो प्रतियोगिता हो, राईले भने, ‘हामीले जति नयाँ र स्तरीय खेलाडीसँग खेल्छौं । आफनो स्तर माथि उठ्छ । नयाँ खेलाडीसँग खेल्दा हामीलाई केहि चुनौति थपिएको हुन्छ । यसले थप मेहनत गर्ने बानीको विकास गरेको हुन्छ ।पिएम कप धेरै टिमसँग पुर्व अनुमान भरमा खेल्न सकिन्न । रियल प्रतिस्पर्धा हुने भएकोले पनि टिमको रोजाईमा पर्छ पिएम कप ।’

 

 

एपिएफकी सरस्वती चौधरी एपिएफ कपमा अग्ला र राम्रो स्पाइकर गर्ने खेलाडीसँग खेल्न पाउने भएकोले राम्रो लाग्ने गरेको बताउँछिन । न्यु डायमन्डकी सेटर कृपा अधिकारी फरक ठाउँमा खेल्दा टोलीको अनुभव र स्तर बढने बताउँछिन । उनले भनिन, ‘हरेक ठाउँ र टिमको आफनै विशेषता हुन्छन । खेलाडीले नयाँ परिवेश र स्थानमा हाम्रो वास्तविक खेल देखाउन सक्नु पर्छ । पिएम कपमा हाम्रा लागी केहि फरक ठाउँ हो । हामीले त्यहा गएर आफनो कमजोरलाई कसरी सुर्धाने राम्रो टिमसँग कसरी खेल्ने भन्ने कुरा सिकिरहेको हुन्छौं । यसले घरेलु प्रतिस्पर्धामा पनि हामीलाई सहयोग गरेको हुन्छ ।’

प्रतिक्रिया

प्रतिक्रिया