राजपाद्वारा निर्वाचन विथोल्ने गरी आन्दोलनको घोषणा

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले स्थानीय तहको दोस्रो चरणको निर्वाचन विथोल्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

राजपा नेपाल र सरकार बीच आइतबार भएको वार्ता विना निष्कर्ष टुंगिएपछि राजपा नेपालले आन्दोलनको घोषणा गरेको हो । आन्दोलन सहभागी नहुने निर्णय गर्दै आन्दोलनको निर्णय गरिएको राजपा नेता राजेन्द्र महतोले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

राजपाले मसाल जुलुस, बन्द, विरोधमा माइकिङ्ग, खबरदारी सभा, तालाबन्दी, लाठी जुलुस लगायतको निर्णय गरेको हो । राजपा नेपालले निर्वाचन विथोल्न असार १० गतेदेखि अनिश्चितकालीन बन्दको घोषणा गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया