यो बेला जान्नैपर्ने मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम

केहि महिना अगाडी चर्चामा रहेको एमडीएमएस (मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम) अहिले फेरी चर्चाको विषय बनेको छ । भाद्र ३० गते देरै जनाको मोबाइलमा एमडीएमएस अलर्टको आइडीबाट एउटा एसएमएस प्राप्त भयो एसएमएसमा ‘यो मोबाईल एमडीएमएस प्रणालीमा दर्ता भएको छ’ लेखेर पठाईएको थियो । यो एसएमएस प्राप्त गरेपछि जनतामा एसएमएसको चर्चा फेरी सुरु भयो ।

के हो यो एमडीएमएस ?

नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइटमा प्रकाशित सुचना अनुसार, मोबाइल सेटको गैरकानूनी आयात, विक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गरी नेपाल भित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न नेपाल दूरसञ्चार प्राधिकरणबाट एमडीएमएस प्रणाली लागु गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।

मिति २०७९ भाद्र ३० गतेसम्म विदेशबाट व्यक्तिगत तवरले ल्याईएका मोबाइल सेट लगायत मिति २०७९ भाद्र ३० गते सम्म चालु रहेका सबै मोबाइल सेटहरु स्वतः एमडीएमएस प्रणालीमा दर्ता हुने व्यवस्था मिलाइएको छ ।२०७९ भाद्र ३० पश्चात मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणाली mdms.nta.gov.np मा दर्ता भए/नभएको एकिन गरी मात्र खरिद गर्नु हुन अनुरोध छ । साथै, मोबाइल आयातकर्ता/विक्रेताहरुले मोबाइल आयात गर्नु अघि अनिवार्य रुपमा प्राधिकरणको स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइलमात्र विक्री वितिरण गर्नुहुन जानकारी गराइन्छ ।

तपाइको मोबाईलको आइएमइआई रेजिस्टर छ कि छैन कसरी हेर्ने ?
नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइट mdms.nta.gov.np मा जाने ।
आफ्नो मोबाईलको आइएमइआइ खोज्नुहोस भन्ने लाइनको तलको बक्समा आफ्नो आइएमइआई नम्बर हल्नुहोस र ‘खोज्नुहोस’ भन्ने बटनमा क्लिक गर्नुहोस् । केहि समय वेट गर्नुहोस एउटा सुचना बोक्स खुल्छ ।

यदि तपाइको आइएमइआई दर्ता छ भने एस्तो बक्स खुल्छ ।
तपाइको मोबाइल एनटिएको एमडीएमएसमा दर्ता भैसकेको छ
नया मोबाइल खरिद गर्नुअघि आइएमइआई दर्ता भए/नभएको यसरि हेर्नुहोस ।
नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइट mdms.nta.gov.np मा जाने ।
‘मोबाइल खरिद गर्नुअघि आइएमइआई दर्ता भए/नभएको हेर्नुहोस्’ भन्ने लाइनको तलको बक्समा नयाँ मोबाइलको आइएमइआई नम्बर हल्नुहोस् र ‘दर्ता भए/नभएको हेर्नुहोस्’ भन्ने बटनमा क्लिक गर्नुहोस् । केही समय वेट गर्नुहोस एउटा सुचना बोक्स खुल्छ ।
यदि आइएमइआई दर्ता छ भने एस्तो बक्स खुल्छ ।
तपाईले किन्न खोज्नु भएको मोबाइलको बक्समा रहेको आइएमआई राख्दा यदी यस्तो साइन आउँछ भने त्यो मोबाइल न किन्नु होला ।
यदी कुनै नयाँ मोबाइलको आइएमइआई राख्दा एस्तो साइन आयो भने एसको अर्थ त्यो मोबाइल एनटिएमा दर्ता त छ तर पहिलै उपयोग भै सकेको छ ।

एमडीएमएस सम्बन्धि केही प्रश्न उत्तरहरु
आइएमइआई भनेको के हो ?

सिम प्रयोग हुने उपकरणमा १५ अंकको आइएमइआई नम्बर हुन्छ । त्यस्तो उपकरणहरुको आइएमइआई एक अर्कासंग मेल खाँदैन । आइएमइआई नम्बर उक्त्त उपकरणको परिचय प्रदान गर्ने गुण हो ।

आफ्नो आइएमइआई कसरि पत्ता लगाउने ?
आफ्नो मोबाईलको किबोर्डमा गई ८३०६३ डायल गरे पछी उक्त उपकरणको आइएमइआई नम्बर पत्ता लगाउन सकिन्छ ।

एमडीएमएस प्रणाली भनेको के हो ?
नेपाल दूरसंचार प्राधिकरणले मोबाईलको आयात तथा प्रयोगलाई व्यवस्थापन गर्न एमडीएमएस प्रणाली लागु गरेको छ । अवैध रुपमा राज्यमा भित्रिने मोबाइलहरुलाई प्रतिबन्ध गर्न र सर्वसाधारणको मोबाइल तथा सिमको अनधिकृत प्रयोगलाई कानुनी दायरामा ल्याउन एमडीएमएसको भूमिका रहन्छ ।

एमडीएमएसले सर्व साधारणलाई के फाईदा पुर्याउँदछ ?
हराएका तथा चोरी भएका मोबाईलहरुको खोजि कार्यमा सहयोग गर्छ । साथै त्यस्ता मोबाईलको अनधिकृत प्रयोगलाई रोक्ने कार्य समेत गर्दछ ।

प्राधिकरणमा दर्ता नभएका मोबाइल किन–बेच तथा बिक्रि–वितरण गर्नु हुन्छ ?
हुँदैन । यो गैर कानुनी हो । मोबाइल किन्नु अगाडी उक्त मोबाईल प्राधिकरणमा दर्ता भए नभएको एकिन गरेर मात्र किन्नु पर्दछ । (स्रोत ः नेपाल दूरसञ्चार प्राधिकरण)

प्रतिक्रिया

प्रतिक्रिया