नेपालगन्ज साइकल फेष्टिबल अन्तर्गत पहिलो दिन ‘नेपालगन्ज किड्स रेस–२०८१’ आयोजना गरिंएको छ । त्यसका लागि सिद्धार्थ हस्पिटालिटीले मुख्य प्रायोजक बनेर सहयोग गरेको छ । ‘यो तेस्रो संस्करण हो’, किड्स रेस मार्फत बाल मनोविज्ञानमै साइकलको आकर्षण सिर्जना गर्न खोजिएको जानकारी दिंदै अध्यक्ष प्रदीप सापकोटाले भने ।

फेष्टिबल संयोजक सुरेन्द्र दिप कार्कीका अनुसार, आज विहान सुर्खेतरोड प्रहरी तालिम केन्द्रबाट प्रायोजक सिद्धार्थ होटलसम्म फरकफरक दुई श्रेणीका बालबालिका किड्स रेसमा सहभागी भएका छन् । भोलि शुक्रबार टुर दि ठाकुरद्वाराको सातौं संस्करणमा नेपाल, भारत, चीनका दुई सय बढी साइकल यात्री ठाकुरद्वारा पु्ग्नेछन् । ‘टुर दि ठाकुरद्वाराले नेपाल, भारत र चीनका साइक्लिष्टहरूलाई एउटै प्लेट फर्ममा जोडेको छ’, संयोजक कार्कीले भने ।

