कस्तो होला कोहलपुर क्षेत्रको पानी ? परीक्षण गरिंदै

कोहलपुर नगरपालिकाले कोहलपुर नगरपालिकाभित्र रहेका पानी उद्योगहरुको उत्पादित पानीको परीक्षण गर्न नमुना संकलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाएको छ ।

ती उद्योगहरुले उत्पादन गर्ने पानीको गुणस्तर नभएको भनी पटकपटक स्थानीयबासीेले गुनासो गरेपछि नगरपालिकाले नमुना परीक्षणका लागि प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाएको कोहलपुर नगरपालिकाका अधिकृत अग्निप्रसाद आचार्यले बताउनुभयो ।

लाइफ ओके  पानी उद्योग, आरुस पानी उद्योग, झरना पानी उद्योग, श्री पानी उद्योग, वरपिपल पानी उद्योगको उत्पादित पानीको नमुना संकलन गरी प्रविधि तथा गुण नियन्त्रणमा पठाइएको छ ।

यसैगरी नगरपालिका भित्र पानी वितरण गर्दै आएको बैजनाथस्थित न्यू सिटीमा रहेको मध्यमश्चिम पानी उद्योगको नमुना समेत परीक्षणका लागि पठाइको छ । पानी उद्योगको गुणस्तरको विषयमा उद्योगीहरुले पनि विभिन्न किसीमको आरोप खेप्दै आएका छन् । नमुना परीक्षणको रिपोर्टपछि व्यवसायीले झेल्दै आएको समस्या पनि हल हुने अपेक्षा गरिको छ ।

प्रतिक्रिया

प्रतिक्रिया