धारा नेपालगन्ज म्याराथनसँगै ‘कनक्लेभ’

बाँकेको नेपालगन्जमा दुई दिने विभिन्न कार्यक्रमहरुसाथ धारा नेपालगन्ज म्याराथनको नवौं संस्करण तयारीबारे आयोजकले जानकारी दिएको छ ।


पुरस्कार राशी थप्दै आगामी मंसिर ९ गतेका लागि तय भएको म्याराथनसँगै अघिल्लो दिन ‘नेपालगन्ज कनक्लेभ’ आयोजना गर्ने जानकारी आयोजक क्रियटिभ ह्याण्ड्सले जनाएको छ ।


‘नेपालगन्ज कनक्लेभ’ खेल पर्यटन, युवा उद्यम, महिला सशक्तिकरण, साहित्य र स्वदेशमै रोजगारीजस्ता मुद्दामा बहस/छलफल हुने आयोजकले भनेको छ ।

विहीवार मुख्य प्रायोजक केएल दुगड समूहका महाप्रवन्धक प्रदीप छाजेड, प्रदेश खेलकुद परिषद्का सदस्यसचिव जयप्रकाश भट्टराई, शिखर प्लाईका प्रबन्ध निर्देशक चम्पालाल बोथरा, राष्ट्रिय वाणिज्य बैंकका प्रदेश प्रमुख गणेश पोखरेल, रेस डाइरेक्टर चन्द्र गुरुङलाई मञ्चमा राखेर गरिएको पत्रकार सम्मेलनमा क्रियटिभ ह्याण्ड्सका संस्थापक अध्यक्ष टीएस ठकुरीले भने, ‘म्याराथनका लागि केही सरप्राइज प्याकेज घोषणा गर्नेछौं ।’


म्याराथनमा नगद पुरस्कार सम्बन्धि विस्तृत जानकारी चाँडै सार्वजनिक गरिने प्रतिबद्धतासहित संस्थापक अध्यक्ष ठकुरीले भने ‘अझै केही नयाँ गर्ने प्रयत्न हामीले गरिरहेका छौं, यो लुम्बिनी प्रदेशको मुख्य इभेन्ट हो ।’

म्याराथनका लागि गत भदौं १ गतेदेखि नै खेलाडी दर्ता खुला गरिएको जानकारी दिएका अध्यक्ष ठकुरीले यसवर्ष अघिल्लो वर्षमा चार विधा थप गरी बिभिन्न १४ वटा विधामा स्पर्धा समावेश भएको बताए । ‘स्कुल स्तरीयमा बाह्य जिल्ला र स्कुलस्तरीय दौडमा पनि कक्षा ६ देखी कक्षा ८ तथा ९ देखी १२ सम्मको अलग अलग स्पर्धा गराइनेछ,’ ठकुरीले भने ।

लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले नेपालगन्ज म्याराथन र लुम्बिनी म्याराथनलाई प्रदेश खेलकुद परिषदले स्वामित्व लिएको बताए । ‘प्रदेश खेलकुद परिषदले यी दुई म्याराथनलाई आफ्नो विशेष सम्पत्तिको रुपमा लिएको छ, यहाँहरुलाई खेलकुद परिषदले इम्पावर गर्छ, भने अर्कोतर्फ नियमन पनि गर्नेछ,’ उनले भनेका छन् ।


‘लुम्बिनी प्रदेशमा नौ बर्षदेखि सञ्चालन हुँदै आएको नेपालगन्ज म्याराथन र गत बर्ष सुरु भएको लुम्बिनी म्याराथनलाई बिशेष सम्पत्तिका रुपमा अगाडि बढाउने गरी बार्षिक क्यालेन्डरमा समावेश गरेका छौं,’ उनले पत्रकारहरुसँग भने–‘हरेक हिसाबले यसलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

मुख्य प्रायोजक केएल दुगड गु्रपका महाप्रवन्धक प्रदिप छाजेडले धारा नेपालगन्ज म्याराथन उचाई पुग्नमा सबै नेपालगन्जबासीको योगदान रहेको धारणा राख्दै विगतका संस्करणमा त्रुटी भए सुधारेर अगाडी जानुपर्ने सुझाव दिएका थिए ।


उद्योगपति छाजेडले नेपालगन्ज म्याराथनसँग निरन्तर जोडिन पाउँदा गौरव लागेको बताए । सिंगो नेपालगन्जवासी र बाँके जिल्लाबासीको सहयोगले यो क्रमिक सफलताको उचाइ चढ्दै गएको छाजेडले चर्चा गरे ।

आयोजकका अनुसार, म्याराथनको स्टार्ट/फिनिसिङ गेट पूर्ववतः नेपालगन्ज उपमहानगरपालिका कार्यालय अगाडी रहनेछ । त्यहाँबाट सुरु भइ कोहलपुर नगरपालिका देखि चार किलोमिटर उत्तर बानियाभार पुगेर सोही रुट भई सुरुवाती बिन्दुमा पुगेपछि म्याराथन कोर्स पुरा हुने बताइएको छ । ‘यो नेपालगन्ज–कोहलपुर जोड्ने आयोजना हो,’ ठकुरी भन्छन् ।


प्रतियोगितामा पुरुषतर्फ म्याराथन (४२.१९५ किमी), महिलातर्फ हाफ म्याराथन(२१ किमी), १० किमी पुरुष/महिला खुल्ला, ५ किमी स्कुल स्तरीय छात्र एवं छात्रा, किड्स रन (८ देखी १२ वर्ष उमेर समुह), ५ किमी कर्पोरेट रन, ५ किमी ट्राइसाइकल र ५ किमी वाकाथन समावेश गरिएको छ ।


यसैगरी स्कुलस्तरीय दौडलाई बाँके जिल्ला तथा बाह्य जिल्ला गरी अलग अलग स्पर्धा गराइ पुरस्कृत गरिने बताइएको छ । बाँके जिल्लाका हकमा कक्षा ६ देखी ८ तथा ९ देखि १२ सम्मको अलग अलग दौड (१५ किमी) सञ्चालन गरिने आयोजकले जनाएको छ ।

म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ विजेता बनेका थिए । त्यसैगरी दोस्रो संकरणमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्ला निवासी भारतीय गोर्खा सैनिकमा कार्यरत दुर्गाबहादुर बुढा, चौथोमा नेपाल पुलिस क्लबका भुमिराज राई, पाँचौंमा सेनाका भिमबहादुर साउद, छैठौंमा नेपाल एपिएफ क्लबका गोपिचन्द्र पार्की, सातौंमा एपिएफकै किरणसिंह बोगटी र आठौंमा सेनाका खड्कबहादुर खड्का विजेता बनेका थिए । महिला हाफ म्याराथनतर्फ सातौं र आठौं संस्करणमा गोल्डेन गर्ल सन्तोषी श्रेष्ठ च्याम्पियन बनेकी थिइन् ।

त्यसैगरी पहिलोमा एपिएफका कृष्णेश्वरी सिन्तकला, दोस्रोमा एपिएफकी कान्छीमाया कोजु, तेस्रोमा आर्मीकी रेशु बस्नेत, चौथोमा एपिएफकै कान्छीमाया कोजु, पाँचौंमा आर्मीकी पूर्णलक्ष्मी न्यौपाने र छैटौंमा एपिएफकी पुष्पा भण्डारी विजेता भएका थिए ।

नेपालगन्ज म्याराथन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)बाट मान्यताप्राप्त दौड प्रतियोगिता हो । जापानको ओशाकामा भएको २३ औं सभामा नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीले भाग लिएका थिए । ‘यसले भविष्यमा अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तार हुने अपेक्षा छ,’ एम्सबाट ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी प्रमाणीकरण भएको जानकारी दिंदै अध्यक्ष ठकुरीले भने ।

नेपालगन्ज म्याराथनका क्रममा कार्यक्रमलाई भव्य बनाउन सहभागिता जनाउने विभिन्न व्यक्ति तथा संस्थालाई पनि पुरस्कृत गरिने घोषणा आयोजकले गरेको छ ।


‘सबै जाति, सबै भाषा एक ठाउँः सबै मिलि देश बनाउँ’ भन्ने हेतुले म्याराथन रुटमा खेलाडीको हौसलाका लागि उपस्थित हुने सहभागीमध्येबाट एक जनालाई बेष्ट ड्रेस अवार्ड, बेस्ट सहभागिता अवार्ड, बेस्ट भोलेन्टियर अवार्ड लगायत विविध विधामा सम्मान गरिनेछ,’ अध्यक्ष ठकुरीले पत्रकार सम्मेलनमा भने ।

नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ विजेता बनेका थिए । त्यसैगरी दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लानिवासी भारतीय गोर्खा सेनामा कार्यरत दुर्गाबहादुर बुढा, चौथोमा नेपाल पुलिस क्लबका भुमिराज राई, पाँचौंमा सेनाका भिमबहादुर साउद, छैठौंमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की, सातौंमा एपीएफकै किरणसिंह बोगटी र आठौंमा सेनाकै खडकबहादुर खड्का विजेता बनेका थिए भने महिला हाफ म्याराथनतर्फ सातौं र आठौं संस्करणमा गोल्डेन गर्ल सन्तोषी श्रेष्ठ च्याम्पियन बनेकी थिइन ।


त्यसैगरी पहिलो एपीएफका कृष्णेस्वरी सिन्तकला, दोस्रोमा एपीएफकी कान्छीमाया कोजु, तेस्रोमा आर्मीकी रेशु बस्नेत, चौथोमा एपीएफकै कान्छीमाया कोजु, पाँचौंमा आर्मीकी पुर्णलक्ष्मी न्यौपाने, छैटौंमा एपीएफकी पुष्पा भण्डारी विजेता बनेका थिए । दुई संस्करण जित्ने खेलाडी कान्छीमाया कोजु र सन्तोषी श्रेष्ठ हुन् ।

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य गर्नेगरी भएको विस्तृत शान्ति सम्झौता (५ मंसिर २०६३) स्मरणमा नौ वर्षदेखि निरन्तर नेपालगन्ज म्याराथन आयोजना हुँदै आएको छ । सोही सम्झौतामार्फत मुलुकले शान्ति, विकास र समृद्धिको बाटोको यात्रा तय गरेको स्मरण गर्दै हरेक वर्ष ५ मंसिरमा नेपालगन्जको बीपी चोक र कोहलपुर चौराहामा दीप प्रज्वलन गरिँदै आएको छ ।


आयोजकका अनुसार, नेपालगन्ज म्याराथनको टाइटल स्पोन्सर प्रतिष्ठित व्यवसायिक घराना केएल दुगड ग्रुपको उत्पादन धारा तेल रहेको छ । त्यसैगरी इन एसोसियसन अफ पार्टनरमा केएल दुगड ग्रुपकै ज्ञान खाद्यान्न र शिखर प्लाई तथा पावर्ड बाइ पार्टनरमा सगरमाथा सिमेन्ट र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।

हस्पिटालिटी पार्टनरमा होटल सोल्टी वेष्टेन्ड प्रिमियर, इएसपी पार्टनर भायोनेट, इन्टरटेन्मेन्ट पार्टनरमा मेरो प्लानेट, मेडिकल पार्टनरमा वेष्टर्न हस्पिटल, अफिसियल लाइभ पार्टनर हाम्रो खेलकुद डट कम, प्रिन्ट मिडिया पार्टनर दैनिक नेपालगन्ज, सोसल मिडिया पार्टनरमा नेपालगन्ज ग्यालरी र कोहलपुर ग्यालरी, रहेका छन् ।


नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका संरक्षक छन् भने राष्ट्रिय खेलकुद परिषद, लुम्बिनी प्रदेश खेलकुद परिषद मुख्य प्रवद्र्धक रहेका छन् । त्यस्तै नेपाल पर्यटन बोर्ड समेत प्रवद्र्धक रहेको छ । जिल्लास्थित गाउँपालिकाहरु समेत प्रवद्र्धकका रुपमा रहनेछन् ।

प्रतिक्रिया

प्रतिक्रिया