हो, रोक्न सकिन्छ आत्महत्या

मानसिक स्वास्थ्यका क्षेत्रमा अहिले कस्ता खालका घटना आइरहेका छन् ?
मानसिक विभागमा काम गर्दा सामुदायमा डिप्रेसन, आत्महत्याका सोचाईका केसहरु आउने गर्दछन् । यो कमन केस हुन् । एनजाइटी (Anxiety) केसहरु डरलाग्ने, आत्तिने, निद्रा नपर्ने लगायतका लक्षण भएका केसहरु आउने गर्दछन् । डिप्रेसनमा उदासिनता, रुचि नहुने, पहिले रुचि भएका विषयमा जाँगर हराउने, काम गर्न मन नलाग्ने, मनमा एक किमिसमको निराशा हुने, नकारात्मक सोंचाई आउने लक्षणहरु बढी देखिन्छन् ।


साइकोसिस लक्षणका बिरामीहरु पनि आउने गर्दछन् । जसमा असमान्यखालका व्यवहार देखाउने, डराउने, शंका गर्ने बिरामी रहेका छन् । अत्याधिक खुशी हुने, रिस नियन्त्रण गर्न गाह्रो हुने, नसुत्ने, आफ्नो क्षमता भन्दा ठूला कुराहरु गर्न सक्छु भन्ने सोंच आउने केसहरु हुन्छन् । बालबालिकाहरुमा अत्याधिक रिसाउने, झर्किने, चकचके पनि बढी, सुस्त मनस्थितिका केसहरु नै बढी आउने गरेका छन् ।

समाजमा मानसिक स्वास्थ्यको समस्या बढेको हो ?
विगतमा भन्दा मानिसक स्वास्थ्य समस्याका केसहरु विगतमा भन्दा बढेको हो । अर्को चाहीँ पहिला मानसिक स्वास्थ्यमा ध्यान नगएको र अहिले सतहमा केसहरु आउँदा केही हदसम्म बढेको त्यसले पनि हुनसक्छ ।

समस्याहरु केही हदसम्म भने बढेको छ । विगतमा भुकम्प, कोरोनाका कारण मानसिक समस्या बढेको छ । अर्को महत्वपूर्ण कुरा भनेको पहिले भन्दा अवारनेसका केसहरु सतहमा आएकाले केसहरु बढेको पनि हुनसक्छ ।

टिनएजरमा पनि आत्महत्याका घटना देखिएका छन् । कसरी हेर्नुहुन्छ यसलाई ?
जीवनशैली परिवर्तन एउटा कारण हो । बालबालिकाहरुमा पहिला शारीरिक क्रियाकलाप बढी हुने गर्दथ्यो । पछिल्लो समय विद्युतीय सञ्चारमाध्यममा बढी झुकाव, अनलाइन गेम खेल्ने, मोबाइल बढी चलाउने, भिडियो गेम खेल्ने, साथीहरुसँग बाहिर गएर खेल्ने भन्दा पनि भित्री रुपमा नै घरमै खेल्ने बढ्दै गैरहेको छ । यस्ता यावत कारणले बालबालिकामा नकारात्मक प्रभाव परेको, निराशाजन, सहनशीलताको समस्या बढ्दै गैरहेको पाइन्छ ।

अनलाइन बढी समय बिताउँदा चिढचिढापन आउने, अरुले केही भन्यो भने सहनसक्ने क्षमताको कमी हुने, रिसाउने झर्कने समस्या देखिने गरेको छ । अर्को वयस्कहरुमा वैदेशिक रोजगार, माइग्रेसनका कुराहरु, महत्वाकांक्षा उच्च हुनु लगायतका आर्थिक, सामाजिक महत्वकांक्षा बढाएको छ ।

त्यसमा पनि आत्महत्याको सोंचाई आउनु भनेको प्रायःजसो केसमा डिप्रेसनको लक्षण देखिन्छ । कतिपयमा हठात् तनाव झेल्न नसक्दा, तनाव व्यवस्थापन गर्न नसक्दाको अवस्थामा आत्महत्याको सोंचाई बढी आएको पाइन्छ । मानसिक समस्या बढेपछि आत्महत्याको सोचाई र आत्महत्या पनि बढेको हो ।

कसैले कसरी थाह पाउने कि उसले आत्महत्या गर्दैछ ? रोक्न सकिन्छ ?
यो सुसाइड प्रिभेन्सनको एउटा पाटो छ । यो अहिले जल्दोबल्दो समस्या छ । सुसाइड गर्नेै प्रयास गर्ने मान्छेले पहिले नै संकेत गरेको हुन्छ । कुनै न कुनै निराशापन व्यवहारमा परिवर्तन, कसैलाई भनेको पनि हुनसक्छ, मजाकमै कसैले मलाई बाँच्न मन छैन भन्यो भने हामीले त्यसलाई सिरियसली लिनुपर्दछ ।

केही समय अघि नै घरपरिवारको सदस्यहरु, साथीभाईले उसको संकेत बुझ्न सक्यो भने केही हदसम्म आत्महत्या न्यूनीकरण गर्न सकिन्छ । र, अर्को कुरा मानसिक रोग छ कि भनेर शंका गर्यौं भने त्यो रोगको उपचार गर्न सकियो भने आत्महत्या रोक्न सकिन्छ ।

उपचार के होला यो बढ्दो समस्याको ?
मानसिक रोग भनेपनि, आत्महत्याको सोंचाई आउने भनेपनि त्यसको रोकथाम गर्ने उपचार भनेको परामर्श हो । सिरियस केसमा भने औषधीको पनि व्यवस्था हुन्छ । परामर्श र औषधी संगसंगै लग्यो भने धेरै हदसम्म मानसिक रोगहरुको उपचार सम्भव छ भन्ने कुरा हामीले बुझ्न जरुरी छ । भेरी अस्पतालमा पनि मानसिक रोगको उपचारको व्यवस्था छ ।

प्रतिक्रिया

प्रतिक्रिया