प्रज्ञालयमा तिज उत्सव

हरितालिका तिजको अवसरमा मेरो टुकी प्रज्ञालय स्कुलका बालबालिका तथा शिक्षिकाहरूले तिज उत्सब गरेका छन् ।
उत्सवमा नेपाली सांस्कृतिक पहिरनमा सजिएर बालबालिकाले तिज गीतमा नृत्य प्रदर्शन गरेका थिए ।

उत्सवका अबसरमा विविध साँस्कृतिक पहिरन, संक्षिप्त नाटक प्रदर्शनी र तिजको महत्वबारे बालबालिकालाई सिकाइएको प्रिन्सिपल कल्पना शर्माले जानकारी दिइन् । सानै उमेरबाट महिलाप्रतिको सम्मान र नेपाली संस्कृतिको परिचय गराउन उत्सव आयोजना गरेको उनले बताइन् ।

उत्सवमा विभिन्न बालसुलभ खेल र मनोरन्जनात्मक क्रियाकलाप पनि गरिएको थियो ।
प्रज्ञालयले पढाइका अतिरिक्त वैदिक मूल्यमान्यता, व्यवहारिक सीप र सांस्कृतिक शिक्षा दिन विविध बालसुलभ कार्यक्रमहरू गर्दै आएको प्रिन्सिपल शर्माले जानकारी दिइन् ।

प्रतिक्रिया

प्रतिक्रिया