नयाँ वर्ष स्वागत गर्दै सिद्धार्थ

सिद्धार्थ हस्पिटालिटीले नयाँ वर्षको अवसरमा आफ्ना सबै आउटलेटहरूमा सांगीतिक प्रस्तुतिका साथ पाहुनाहरूलाई स्वागत गर्ने भएको छ ।

नेपालगञ्जमा अवस्थित भ्यु होटल सिद्धार्थमा गायिका मेलिना राइ तथा अन्य ब्याण्डको विशेष प्रस्तुति रहनेछन् । डिजे शेडको डिजेमा रमाउँदै लाइभ फुड स्टल, लाइभ बार स्टल, लाइभ बार स्टल, फायरवर्क्स लगायतको मज्जा लिन सकिने
छ ।

हस्पिटालिटी अन्तर्गत भैरहवामा भएको सिद्धार्थ भिलासामा द भ्वाइस अफ नेपालको पहिलो सिजन १ विजेता सिडि विजय अधिकारी, आभा थापा लगायतले विशेष सांगीतिक प्रस्तुति दिनेछन् । साथै सुदिप क्षेत्री र डिजेले फायरवर्क्सका साथमा लाइभ म्युजिकमा पाहुनाहरूलाई रमाइलो गराउनेछन् ।

नयाँ वर्गको अवसरमा यस सांगीतिक माहोलमा सहभागी हुनका लागि प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ शुल्क राखिएको छ । जसमा लाभिश बफेट डिनर, अनलिमिटेड स्न्याक्स एण्ड फुड्स तथा रिफ्रेशिङ ड्रिङ्क्सको समेत मज्जा लिन सक्नेछन् ।

यस्तै नेपालगञ्जमा अवस्थित भ्यु होटल सिद्धार्थमा गायिका मेलिना राइ तथा अन्य ब्याण्डको विशेष प्रस्तुति रहनेछन् । डिजे शेडको डिजेमा रमाउँदै लाइभ फुड स्टल, लाइभ बार स्टल, लाइभ बार स्टल, फायरवर्क्स लगायतको मज्जा लिन सकिनेछ ।

होटलले यस प्याकेजमा फरक फरक शुल्क राखेको छ । जोडिको लागि ४ हजार रुपैयाँ, एक जनाको लागि २ हजार २ सय रुपैयाँ र बालबालिकाका लागि १ हजार ५ सय रुपैयाँ शुल्क कायम गरिएको होटलले जनाएको छ ।
जसमा लाइभ स्न्याक्स अनलिमिटेड र लाइभ डिनर समेत लिन सकिनेछ ।

हस्पिटालिटीको चितवन सौराहास्थित सिद्धार्थ भिलासा वन्वासले नयाँ वर्षको अवसरमा विशेष सांस्कृतिक नृत्य लगायतमा रमाउन सकिनेछ ।

सुर्खेतमा रहेको सिद्धार्थ सन्नी रिसोर्टमा गायक प्रकाश दुतराजको विशेष प्रस्तुति रहनेछ । नयाँ वर्षको अवसरमा आयोजनाग गरिने विशेष कार्यक्रममा जेप्पर ब्याण्डले सांगीतिक माहोल सिर्जना गर्नेछ भने डिजेका साथै मोडल करिश्मा ढकालको प्रस्तुति रहनेछ ।

डिजेमा रमाउँदै लाइभ फुड स्टल, लाइभ बार स्टल, लाइभ बार स्टल, फायरवर्क्स लगायतको मज्जा लिन सकिनेछ ।

रिसोर्टले एक जनाको लागि १ हजार ५ सय रुपैयाँ, जोडीका लागि २ हजार ५ सय रुपैयाँ र बालबालिकाका लागि १ हजार रुपैयाँ शुल्क कायम गरेको छ ।

यस्तै सिद्धार्थ बुटिक बौद्धले डिजे काजीको साथमा पुल पार्टीमा पाहुनाहरूलाई रमाइलो दिनेछ । साथै अड्रियन शाही र द कुजिन ब्याण्डको लाइभ सांगीतिक प्रस्तुतिका साथै विभिन्न फुड स्टल, अनसाइट बार र विभिन्न गिफ्ट ह्याम्परको समेत मज्जा लिन सकिनेछ ।

चन्द्रौटामा रहेको सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्टमा गायक निशान भट्टराइको विशेष सांगीतिक प्रस्तुति रहनेछ । साथै थारु सांस्कृतिक नृत्य, लाइभ डिजे लगायतमा रमाउँदै लाइभ फुड स्टल, लाइभ बार स्टल, लाइभ बार स्टल, फायरवर्क्स लगायतको मज्जा लिन सकिनेछ । रिसोर्टमा जोडीका लागि २ हजार ४ सय ९९ रुपैयाँ र एक जनाका लागि १ हजार ३ सय ९९ रुपैयाँ शुल्क कायम गरिएको छ ।

सिद्धार्थ हस्पिटालिटी अन्तर्गतका अन्य आउटलेटहरूमा पनि नयाँ वर्षको अवसरमा विशेष सांस्कृतिक प्रस्तुति आयोजना गरिने बताइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया