विशिष्टकृत सेवा दिँदै भेरी अस्पताल

बाँकेस्थित भेरी अस्पतालले आफ्ना बिरामीलाई दिने सेवालाई विशिष्टकृत सेवाका रुपमा रुपान्तरण गर्दै लैजान थालेको छ ।

अस्पतालको १३३ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री चापागाईले न्युरो, युरो, क्याथ ल्याबलगायत विभिन्न सेवा प्रदान गरेर विशिष्टकृत सेवातर्फ फड्को मार्ने प्रयास भएको बताए । डा चापागाईले केही दिनअघि अत्याधुनिक एमआरआई मेसिन अस्पताल भित्र्याइएको जानकारी दिँदै भौतिक पूर्वाधारको विकास पनि क्रमिकरुपमा भइरहेको बताए । सरकारले यस अस्पताललाई एमडी र एमएस अध्ययन अध्यापनका लागिसमेत अनुमति दिएको छ ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले भेरी अस्पताल सङ्घीय मातहतमा रहे पनि प्रदेश सरकारले पनि समन्वय गर्दै आएको उल्लेख गर्दै भएका स्रोतका आधारमा जनताले सेवा पाउनुपर्नेमा जोड दिए ।

अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहको अध्यक्षतामाभएको कार्यक्रममा, कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, प्रमुख जिल्ला अधिकारी विपीन आचार्य, नेकपा (एमाले) का जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपति, अस्पताल विकास समितिका पूर्वअध्यक्ष प्रमोद धिताललगायतले स्वास्थ्य सेवा सबैको पहुँचमा हुनुपर्ने आवश्यकता औंल्याएका थिए ।

यो हेरौं:: https://fb.watch/m3pH_oAmiA/

प्रतिक्रिया

प्रतिक्रिया