नेपालमा आंशिक बदलीसँगै मेघगर्जन र वर्षाको सम्भावना

नेपालमा हाल पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका साथै देशको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको छ। यसकै परिणामस्वरूप सोमबार देशका विभिन्न स्थानहरूमा आंशिक बदली भएको देखिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागहरूमा आंशिक बदली रहनेछ भने अन्य भू–भागमा मौसम मुख्यतः सफा रहने अपेक्षा गरिएको छ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा, कोशी प्रदेशका धेरै स्थानहरूमा, तथा मधेश, बागमती र गण्डकीका केही स्थानहरूमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित मध्यम खालको वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।

साथै, कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरू तथा गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित भारी वर्षा वा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

प्रतिक्रिया