कक्षा १२ को वार्षिक परीक्षा आजदेखि देशभर सुरु हुँदैछ। यस वर्षको परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी हुँदैछन्।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा आज बिहान ८ बजेदेखि ११ बजेसम्म देशभर एकसाथ सञ्चालन गरिनेछ। बोर्डले सबै परीक्षार्थीहरूलाई परीक्षा सुरु हुनुभन्दा कम्तीमा आधा घण्टा अघि नै आफ्नो परीक्षा केन्द्रमा उपस्थित हुन अनुरोध गरेको छ।
यसैबीच, राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सम्पन्न भएको करिब डेढ महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको जनाएको छ।


