बसन्त शर्मा
शर्त विना नै आत्मसमर्पण गर्दा पनि इटलिमा युद्ध रोकियन त्यो लँडाई थियो सन् १९४३ देखि १९४५ सम्मको । हिटलरका सेनालाई इटलिलाई बचाउनु उस्का लागि जुँगाको लडाइँ जस्तै थियो । रोमलाई बचाउन जर्मन सेना र मित्र पक्षका सेनाबीचको त्यो लँडाईमा इटालियनहरुले युद्धको चपेटामा ज्यानको मुल्य चुकाउनु पेको थियो । उतिबेला आन्जियोको पहाडमा जर्मन सेनाको आक्रमणमा मित्र पक्षका ७० हजार सेनाको बर्बादी विश्व युद्धको एउटा इतिहांस हो ।
अहिले फेरी इटलिले चिनमा भेटिएको कोरोना भाईरस कोभिक १९ को ठुलो मुल्य चुकाईरहेको दर्दनाक अवस्था छ ।
इटलिका एक जना मेरा मित्र जो कुनै बेला मेरा सिनियर प्रोजेक्ट म्यानेजर पनि हुन । उनले ह्वाट्सयाप्समा म्यासेज पठाउँदै नेपालमा कोभिड १९ बारेमा पछिल्लो अवस्थाका विषयमा चिन्ता ब्यक्त गरे ।
अहिले लण्डनमा बसिरहेका जियाकोमो बुट्टे इटलिमा समयमै शतर्कता नअपनाईदा अवस्था भयाभय भएको कुरालाई जोड्दै नागरिकको स्वास्थ्य अवस्था बारे राज्य र नागरिक संयमित हुँदै शतर्कता अपनाउन सक्नु पर्ने कुरामा नेपालीले ध्यान दिन सक्नुपर्छ भन्ने उनको चिन्ता थियो । उनले भारतसँगको खुल्ला सिमाका बारेमा चिन्ता ब्यक्त गरे ।
Dr. Marcello Natali कोरोना संक्रमितको उपचार गर्दा गर्दै स्वयं संक्रमित भएर इटलिमा ज्यान गुमाउनु परेको घट्नाले राज्यलाई सचेत हुन सन्देश दिएको छ । समयमा उपचारका लागि आवश्यक पर्ने ग्लोबस नहुँदा उनि संक्रमित भएका थिए । जब उनि संक्रमित भए उनलाई थप उपचारका लागि भेन्टिलेटरमा राख्न गरिएको प्रयास असफल भयो,५७ बर्षिय Dr. Marcello Natali को ज्यान गयो ।
चिनमा Liu Fam जो पेशाले नर्स थिईन, कोरोना संक्रमितको उपचारमा संलग्न Liu को पनि संक्रमणकै कारण ज्यान गयो ।
Li Wenlian जस्ले कोरोना संक्रमणका बारेमा सहकर्मि चिकित्सकहरुलाई यो विषयमा जानकारी गराएका थिए तर उनिमाथि मानसिक दवाब दिईयो, उनलाई प्रताडित गरियो । उनको पनि ज्यान गयो । कोरोना भाईरस बारे ३० डिसेम्बरमा नै उनले (Li Wenlian)जानकारी गराएका थिए ।
Song Yenjie एक जना फर्मासिष्ट उनि पनि कोरोनाकै कारण ज्यान गुमाउने मध्ये कै एक हुन ।
भारत सरकारले गरेको आह्वानमा भारतमा नागरिकहरु घर बाहिर निस्केका छैनन् । झण्डै ३ सय भन्दा बढी कोभिड १९ संक्रमित रहेको तथ्याकं सार्वजनिक हुँदा त्यहाँ राज्य र नागरिक तहमा शतर्कतामा विषेश जोड दिईएको छ ।
संक्रमणका बारेमा चेक जाँच र उपचार एउटा अर्को पक्ष हो तर त्यो भन्दा पनि महत्वपुर्ण काम शतर्कता नै हो ।
इटलिको भयावह दृष्टान्तले हामीलाई शतर्कता अपनाउनु पर्ने कुरामा कम्जोरी गरिनु हुँदैन भन्ने देखाउँछ ।
पछिल्ला दिनहरुमा भारतसँग जोडिएका सिमा बन्द गरिनु र निग्राणीमा कडाईका साथ ध्यान दिईरहेका समाचारले शतर्कताको अभ्यास शुरु त भईसकेको छ तर पनि थप शतर्कता आवश्यक रहेको देखिन्छ ।
खास गरि संक्रमणको शंका लागेकाहरुको स्वास्थ्य परिक्षण अहिलेको नेपालको चुनौतिका रुपमा देखा परेको छ । यस सँगै उपचारमा संलग्न चिकित्सक,स्वास्थ्यकर्मी र यो काममा संलग्न अन्य ब्यक्तिहरुको स्वास्थ्य सुरक्षा पनि अहम विषय
हो ।
इटलिमा १३ जना चिकित्सकको उपचारमा संलग्न हुँदा संक्रमित भएर ज्यान गुम्यो,२ हजार ६ सय भन्दा बढी अन्य स्वास्थ्यकर्मी संक्रमित छन । इटलि यो अवस्थामा पुग्नुले त्यहाँ संक्रमणका बारेमा शतर्कता अपनाउनुमा कम्जोरि भएको स्पष्ट हुन्छ । नेपाल भारत सिमा नेपालगन्ज देखि नजिक रहेको लखनउको किंग जर्ज मेडिकल कलेजमा चिकित्सक संक्रमित भएको घट्नाले नेपालमा स्वास्थ्य कर्मिको स्वास्थ्य सुरक्षाका विषयमा गम्भिर बन्न थप शिकाउँछ ।
शतर्कता अपनाउनु संक्रमणबाट बच्ने यो उपायको उपलब्धता रहँदै देशलाई सुरक्षित राख्न सक्नु पर्ने जिम्मेवारी हामी सबैको हो ।