रुपा गहतराज
बाकेको बासगढि नगरपालिकका– ८ ,ककौराका गोबिन्द रानाले आफनै परिवारमा बालबिबाहको परिणाम भोगे । उनकी आमाले १६ बर्षमा बिबाह गरीन् । आमा १७ बर्षकी हुदा उनि जन्मीए । आमाको पिडा एकातिर अर्काेतिर बाल्यकालमा आफुले पाएको दुखं परिवारमा भएको अफठयरा उनले बाल्यकालमा महसुस गरे। आर्थिक रुपले बिपन्न हुदा उनका पिता कामका लागि भारत जानुपरयौ । उनलाइ यो कुराले निकै पिरल्यौ । यी सबै बुवाआमाले सानैमा बिबाह गरेको परिणाम थियो । बालबिबाहले पारेको प्रभाव देखेका मात्र होइन ।आफै महसुस गरेपछि उनि अहिले बालबिबाह अन्त्यका लागि अभियान्ता भएर सक्रिय भएका छन् । सानो उमेरमा बिबाह गर्दा बुवा आमाको बेमेल ,बिपन्नता ले मलाइ सधै चिन्तीत बनाउथ्यौ ’ उनले भने ,‘त्यसैले समुदायमा बालबिबाह रोकथाममा लागि सक्रिय भएर लाग्न थाले ’ बासगढी नगरपालीकाको बालक्लब संजालका अभ्यक्ष समेत रहेका उनलाइ आफनै परिवारमा बालबिबाहले पारेको समस्यार परिणामले यो अभियानमा लाग्न उत्साहित बनायो । उनि अहिले गाउमा बालबिबाह हुन लागेको सुइको पाउन्ने बित्तिकै पुगिहाल्छन् । दिन रात नभनी समुदायको हितका लागि उनि समुदायका लागि सहयोगि बनेका छन् ।
गोबिन्दले एक बर्षको अवधीमा १० वटा बालबिबाह रोकेका छन् । बाके युनेस्को क्लबको परिवर्तका लागि सम्बाहक बनाउन २ दिनको तालिममा बसेका उनले समुदायमा बालबिबाह रोक्दा अनेकौ समस्या पनि झेलेका छन् । १९ बर्षीय गोबिन्द लाइ सानै उमेरमा बिबाह गर्न लागेका परिवारका अभिभाभवबकले अनेकौ आरोप लगाउदा पनि उनि यो काम गर्न पन्छीदैनन् समाजका लागि राम्रो हुने काम गर्दा गालि खादा पनि कुनै खिन्नता उनलाइ छैन्। हाम्रो कामले ‘कसैको जिबनलाइ राम्रो बनाउछ भने त्यो काम नराम्रो हुन सक्दैन् ।’ उनले‘ आफुले अनि आफनो परिवारले भोगेको दुखं र सास्ती कसैले भोग्न नपरोस भन्ने मान्यता हो ।’
उनलाइ यो काममा अरु साथिहरुले हौसला दिएका छन् । गोबिन्द जस्तै बासगढि नगरपािलका –८ ,ककौराका सन्दिप पौडेल पनि बालबिबाह लाइ निरुत्साहित गर्न अभियानमा लागेका छन् ।बासगढि नगरपालिकाका ८ ककौराका सन्दिपपौडेल गाउमा कसैले बालबिबाह गर्न लागेको सुइको पाए भने सम्झाउन पुगिहाल्छन् । न उनि यस बापत कुनै शुल्क् लिन्छन् न त कुनै पारिश्रमीक पाउछन् । समुदाय बाट कहिले गाली त कहिले ताली दुबै उनले खानुपर्छ ।
थारु समुदायको बाहुल्यता रहेको बासगढी नगरपालीकामा अभिभावकले नै बालबिबाह गरीदिने प्रचलन पनि उत्तिकै छ । त्यसैले उनिहरुले छोरी शिक्षाका लागि १ रुपैया अभियान आफनै पहलमा सुरु गरेका छन् । ‘पढाउन नसकेर बिपन्नताका कारण पनि सानैमा छोरीको बिबाह गरीदिने अभिभाभवक धेरैछन् त्यसैले यो अभियान सुरु गरेका हौ ’ उनले भने,‘ पढन नसकेर बिबाह गर्नुपर्ने छोरीहरुलाइ पढने वातावरण बनाइदिन पनि यो कोष खडा गरेका हौ । ’गत साउन देखि सुरु गरेको अभियानबाट जम्मा भएको रकम सामुदायीक स्कुलमा पढीरहेका छोरीहरुलाइ कपि कलम उपलब्ध गराउने पौडेलले बताए । अहिले सो कोषमा ५ हजार २ सय ४५ रुपैया जम्मा भएको उनले बताए । यो अभियानले बालबिबाह लाइ रोक्न सक्ने उनिहरुको धारणा छ ।
यस्तै सबिन पौडेलपनि बालबिबाह रोक्ने अभियानमा सक्रिय छन् । उनि बालबिबाहका असर परिणाम बारे छोटो कथाहरु बनाएर भिडियो बनाउछन् । समुदायकै कथामा आधारीत भिडियोहरु बनाएर उनि समुदायमा बालबिबाह रोक्न अग्रसर छन् । उनले बनाएका कथाहरु युटयुबमा राखेर उनि समुदायलाइ सचेत बनाउन लागि परेका छन् । कथामा पात्रहरु खोजेर उनि नाटकीय रुपमा बालबिबाहले पार्ने असर परिणामका बारेमा सन्देशमुलक सामाग्रि पस्कीन्छन् । आफै निर्दैशन गर्दै उनले यस्ता धेरै कथाहरु बनाएका छन् । ‘सबैको हातहातमा मोबाइल पुगेको छ धेरैले यस्ता कथाहरु हेरेर बालबिबाह रोक्न आफै तत्परता देखाउनुस भन्ने मेरो मान्यता हो’ उनले भने,‘बालबिबाहका बेफाइदाहरुलाइ देखाएर समुदायमा बालबिबाह लाइ निरुत्साहित बनाउने उद्देश्य हो।’
बालबिबाहकोे अवस्था पहिलाको तुलनामा घटेको भनिए पनि संख्यामा मात्र कम भएको शिक्षक करसिह बुढाको भनाइ छ । बिद्यालयको ड्रप आउट संख्याले बालबिबाह बढेको संकेत गरेको उनले बताए । ‘स्कुलमा बालबिबाहका नकारात्मक परिणामका बारेमा चर्चा बहस जरुरी छ । तर पनि बालबिबाह अन्तयका लागि अभियान्ताहरुले खेलेको भुमिका प्रशंसायोग्य छ’ उनले भने, समुदाय प्रति बालअभियान्ताको योगदानले जागरण ल्याउन ठुलो भुमिका खेलेको छ ।’ बिपन्न समुदायका बालबालिका अभिभावक नै बालबिबाह लाइ बढावा दिइरहेका छन् ।भने अर्काे तर्फ आफु खुशी भागेर बिबाह गर्ने प्रचलन बढीरहेको उनले बताए ।
समुदायलाइ परिवर्तन गर्न एकै दिनमा सम्भव छैन् समुदायका बालबिबाह अन्त्यका लागि रणनितीक रुपमा अभियानहरु चलाउन जरुरी छ । ’स्थानिय शिक्षक बुढाले भने ,‘समुदायमा रहेका बालअभियान्तालाइ अग्रसर गराइ बालबिबाह अन्त्यका लागि स्थानियतह बाट अभियानहरु निरन्तर चलाउन आवश्यक छ । ’
बालबालिकाले स्वच्छिक रूपमा गरेको होस् या अभिभावकले गराइदिएको होस बालविवाह रोक्नु आफैंमा चुनौतीपूर्ण काम हो।
बालविवाहविरुद्ध काम गरिरहेका अभियन्ताले एक्लै काम गर्दा जोखिम मोल्नुपर्ने भएकाले स्थानीय तह, वडा प्रहरीलगायत सरोकारवालाको सहयोगमा अभियानलाई निरन्तरता दिएको सामाजिक अभियान्ता शान्ता रसैलीले बताइन् ।
‘बालबिाह बिरुद्द बाकेमा बालबालिका बिरुद्ध प्रहरी गाउ गाउ वडामा बालबालिका सक्रिय छन । बिबाहको सुइको पाउने बित्तिकै प्रहरीले पक्राउ गर्छ । समातिने डरले कति अभिभाबक ले सिमा पारी भारतमा लगेर बिबाह गरेका छन । उनले भनिन् ,‘कतिले उमेर बढाएर पनि बिबाह गरेका छन । केटाकेटि नै भाग्ने गरेको चलन पनि बढदै छ।’
स्थानियतह बासगढि नगरपालिका संग बालबिबाहको अवस्था बारे कुनै तथ्याकं छैन् । तर स्थानियतहले पनि आफनै किसीमले बालबिबाह अन्त्यका लागि अभियानहरु अगाढी बढाइरहेको छ ।
बासगढि नगरपालिकाकी महिला बालबालिका शाखाका प्रमुख यशोधा थापाले बालबिबाह अन्त्यका लागि गत साउन देखि एक छोरी एक बैक खाता अभियान नगरपालिकाले संचालन गरीरहेको बताइन् । ‘बालबिबाह अन्त्यका लागि परिवारका एक बिपन्न एसइ दिएका छोरी लाइ पढन १५ हजार रुपैया नगरपालिकाले सहयोग गर्न सुरु गरेका हौ ’ उनले भनीन् ,‘नगरपालिकाका ३० जना बिपन्न समुदायका छोरीहरुलाइ सहयोग गर्ने छौ’यसका लागि नगरपालिकाले कार्यबिधी बनाइसकेको छ । सो कार्यक्रमका लागि ५ लाख बजेट छुटयाइएको छ ।
नगरपालिकाले बालबिबाह अन्त्यका लागि ९ वटै वडामा सडक नाटक,भित्ते चित्रकला लगायतका जनचेतना मुलक अभियान सुरु गरेको बताइन् ।
नगरपालिकाले ९ वटा वडामा टोल स्तरको बिद्यालय स्तर क्लब गठन गरेको छ । ९वटा वडा रहेको सो नगरपालिकाले वडा नं ६ लाइ बालबिबाह मुत्त वडाको रुपमा घोषणा गर्ने तयारी गरेको छ । ‘हामी बालबिबाहको स्तर पत्ता लगाउन तथ्याकंसंकलन गरीरहेका छौ ’ थापाले भनिन,‘त्यहि अनुरुप बालबबिबाह अन्त्यका लागि आगामि रणनिती बनाउछँै ’
नगरपालिकाकी उपमेयर सुष्मा चौधरीले नगरपालिकाले बालबिबाह अन्त्यका लागि अभियान्ताहरुको योगदान उपलब्धी मुलक भएको बताइन् । ‘यहा छोरी जन्मिदै बिहेको कुरा हुन्छ । बिहेका कारण उनिहरुले पढन समेत पाउदैनन्,’ उपमेयर चौधरीले भनिन्, ‘सोचेजस्तो यो अभियानलाइ तिब्रता दिन सकेका छैनौ तर नगरपालिकाले बालबिबाह रोक्ने अभियान प्राथमीकतामा पारेको बिषय हो’