श्रेष्ठको नेतृत्वमा रेडिमेड व्यवसायीको नयाँ कार्यसमिति

रेडिमेड तथा व्याग व्यवसायिक समितिको पाँचौ साधारण सभा तथा तेस्रो अधिबेशनले सूर्य कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा बिष्णु श्रेष्ठ, उपाध्यक्ष बिमल ढकाल, महासचिवमा सन्तोष पौडेल, उपमहासचिवमा सिता राणा, कोषाध्यक्षमा कल्लुमिया चयन भएका छन् ।

समितिको सदस्यहरुमा सुदन केसी, गिरिराज पटना, उद्धव थापा, प्रचण्ड अधिकारी, जित बहादुर बि सी, निसा शाह, शिवनारायण उपाध्याय, गणेश भण्डारी, बिरेन्द्र बैश्य चयन भएका छन् ।

शनिबार भएको समितिको अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । त्यसअघि नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको प्रमुख आतिथ्यतामा साधारणसभा भएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया