चापागाईको सरुवा, अधिकारकर्मीद्वारा बिदाई

राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश शाखा कार्यालय नेपालगन्जका प्रमुख चन्द्रकान्त चापागाईको गण्डकी प्रदेश पोखरामा सरुवा भएको छ । नेपालगन्जमा झक्कर रावल आउने भएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले केहि दिन अघि कर्मचारीहरुको ब्यापक सरुवा गरेको थियो । यस क्रममा चापागाई संगै नेपालगंजका कार्यरत अन्य केहि कर्मचारीको पनि सरुवा भएको छ ।

यसैबीच सरुवा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश शाखा कार्यालय नेपालगन्जका प्रमुख चन्द्रकान्त चापागाईलाई नेपालगन्जका अधिकारकर्मीले बिदाई गरेका छन् । एक कार्यक्रमका बिच टिजे संजाल बाँके रराष्ट्रिय मानव अधिकार आयोग अन्तरगतको मानव अधिकार अनुगमन समिति बाँकेले छुट्टा छुटै कार्यक्रमको आयोजना गरि बिदाई गरेको हो ।

बिदाई कार्यक्रमा उपस्थित अधिकारकर्मीले नेपालगन्ज कार्यालयमा रहँदा चापागाईले मानव अधिकारको संरक्षण र सम्बद्र्धनमा गरेको योगदानको चर्चा गर्दै निजको उत्तरोक्तर प्रगतीको कामना गरेको अधिकारकर्मी वसन्त गौतमले जानकारी दिए ।

बिदाई कार्यक्रममा फियान, नेपाल बारका उपाध्यक्ष सुनिल कुमार श्रेष्ठ, नेपालका सुरेश गौतम, इन्सेकका सरस्वती मल्ल, मानव अधिकार एलाइन्सका प्रभात कुमार ठकुरी, फातिमा फाउण्डेसनकी मैमुना सिद्धिकी, टिजे संजाल संयोजक चन्द्रकला उप्रेती, नेपालगन्ज उच्च बारका अध्यक्ष बिकाश आचार्य, गैसस महासंघका अध्यक्ष नमस्कार शाह, सुचना र मानव अधिकार अनुसन्धान केन्द्रका बिश्वजित तिवारी, अधिकारकर्मी वसन्त गौतम लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया