भेरी अस्पताल नेपालगन्जमा कोरोना परीक्षणका लागि विभिन्न जिल्लाबाट आउने स्याम्पलको चाप बढेको छ । अस्पतालमा स्याम्पलको चाप बढ्दा बाँकेकै रिपोर्ट आउन समेत ढिलाइ भैरहेको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।
भेरी अस्पताल नेपालगन्जमा प्रत्येक दिन एक सय वटा स्याम्पल परीक्षण गर्ने क्षमता रहेको छ ।













