जिल्ला प्रहरी कार्यालय बाँके महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रले र सामुदायिक प्रहरी बाँकेको आयोजनामा बाँकेको धम्बोजी चोकमा यात्रुहरुलाई सहयोग गर्न हेल्प डेक्स स्थापना गरिएको छ ।
गत बैशाख ७ गते देखि स्थापना गरिएको हेल्प डेक्स संचालनमा मनकारी समाजसेवी, जनप्रतिनिधि र बिभिन्न संघ सस्थाहरुको सहयोग गरेका छन् । बिभिन्न स्थानबाट बस र पैदल यात्रा गर्ने झण्डै ५ सय बढी यात्रुहरुलाई मानविय हिसावले पानी चाउचाउ, बिस्कुट उपलब्ध गराइ आवश्यक परामर्श दिने गरेको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रकी श्याम कुमारी मगरले बताईन ।
हाल बस संचालन नभई लकडाउन भएको अवस्थामा पैदलयात्री, बिरामी, अशक्त्तलाई यस्तो सेवा गर्दै आएको उनले बताईन । लकडाउन अवधीमा बिभिन्न स्थानमा जान हिडेका यात्रीलाई सानो सहयोग होस भन्ने उदेश्यले मानविय हिसावले हल्का जलपानको ब्यवस्था मिलाएको मगरले भनिन ।











