रोजा बस्न सहज होस् भनी नेपालगन्जका नगरप्रमुख र मुस्लिम आयोगले गठन गरेको जिल्ला अनुगमन समिति बीच छलफल गरिएको छ ।
रमजानको महिनामा व्रत बस्नेले सेहरी र सांझ इफ्तार गर्नुपर्ने हुन्छ । यसकारण भान्छाको टाइमटेबल नमिलेको खबर आएपछि मुस्लिम आयोगले गठन गरेको जिल्ला समितिका सदस्य शक्ति कुमार अब्दुल कवि, इरशाद राई र शाहिदा बानो शाहले नगर प्रमुख डा. धवल शमशेर राणासँष्ग छलफल गरेका हुन् । उनीहरुले समस्या समाधानका लागि सरोकारवालासँग छलफल गर्ने बताएका छन् ।
मुस्लिम समुदायका रोजा नबसेकालाई महेन्द्र बहुमुखी क्याम्पस मंै राख्ने र रोजा बस्नेहरुका लागि पाकी, पानी, सेहरी, इफ्तार आदिको व्यवस्था गर्न सकिने मुस्लिम आयोगको निर्देशन अनुसार पायक पर्ने मदरसालाई क्वारेन्टाइन भवनको व्यवस्था गरिने सुझाव उनीहरुले राखेका छन् ।
संक्रमितको संख्या बढ्दै गए सामान्य अवस्थामा रहेकालाई घरमंै क्वारेन्टाइन गर्न सकिने जिल्ला समिति सदस्यहरुले बताएका छन् ।