मनाइयो लायन्स संस्थापकको जन्मोत्सव

लायन्स क्लबका संस्थापक ‘मेल्भिन जोन्स’को १४१औं जन्मजयन्ती साताव्यापी रुपमा विभिन्न सामाजिक गतिबिधिको आयोजना गरी मनाइएको छ । लायन्स क्लव ईन्टरनेशनल डिस्टिक ३२५ बि २ का डिस्टिक गर्भनर अनुप पहारीले लायन्स समाज सेवामा अब्बल रहेको बताए । उनले सबैको सहयोगले संस्थाले समाज सेवामा अग्रणी स्थान कायम राखेको बताएका थिए ।

डिस्टिक ३२५ बि–२ का पहिला गर्भनर सेमराज शाक्यले लायन्स सामाजिक संस्था भएकाले सदस्यहरु समाज सेवामा प्रतिबद्ध हुनुपर्ने धारणा राखेका थिए । उनले आफ्नो हालै दिबंगत भएकी ममतामही माता सन्तकुमारी शाक्यको स्मृतीमा ‘सन्तकुमारी शाक्यस्मृती छात्रबृत्ति कोष’ स्थापना गर्नको लागि २ लाख १ हजारको चेक हस्तान्त्रण गरेका थिए । सो अक्षयकोष लायन्सको क्षेत्र नं. ६ ले सञ्चालन गर्ने छ ।

कार्यक्रम संयोजक कृष्णप्रसाद श्रेष्ठले लायन्स क्लव ईन्टरनेशनल डिस्टक ३२५ बि २ को क्षेत्र नं ६ अन्तरगतका विभिन्न क्लवहरुको सहभागितामा मेल्भिन जोन्स सप्ताहका क्रममा न्यानो कपडा वितरण, रक्तदान, अस्पतालका विरामीलाई फलफुल वितरण, शैक्षिक सामाग्री वितरण, सरसफाईलगायतका गतिबिधि आयोजना गरेर मनाइएको जानकारी दिए ।

कार्यक्रममा डिस्टिकका पूर्व डिस्टिक गर्भनर डिके ढुंगाना, मधुसुदन शर्मा रिजाल, चिफ एड्भाईजर मुकुट ढकाल, नेपालगन्ज उपमहानगरका उपमेयर उमा थापामगर लगायतले लायन्स र समाजसेवामा लायन्सले पुराएको योगदानको बारेमा आआफ्नो भनाई राखेका थिए ।
क्षेत्रनं. ६ का संयोजक संजय सिहको अध्यक्षतामा भएको कार्यक्रममा ३ वटा नयाँ क्लवको सार्वजनिक गरिएको थियो । कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका विजयीहरुलाई सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा मोटिभेटर डिके ढुंगाना र सहदेव महतले लायन्स जागरण अभियानको विषयमा केन्द्रीत रहेर लायन्स र समाजसेवाको बारेमा मोटिभेसन स्पीच दिएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया