बिद्यालय ब्यबस्थापन समिति चयन

नेपालगन्ज – नेपाल राष्ट्रिय आधारभूत बिद्यालय ब्यबस्थापन समिति धौलागिरी बाँकेको नयाँ समिति चयन गरिएको छ । आज बसेको अभिभावक भेलाले एकेन्द्र पुलामी, याम बहादुर थापा, हिरा पौडेल र दुर्पता रोकायलाई सदस्य चयन गरिएको हो ।

भेलामा बिद्यालयका सदस्य सचिब तथा प्रधानाध्यापक केशबराज लामिछानेले अघिल्लो कार्य समितिले भए गरेका कार्य प्रगति प्रस्तुत गरेका थिए ।

कार्यक्रममा खजुरा गाउँपालिका बिद्यालय श्रोत ब्यक्ति टंक दाहाल, वडा नं ३ सदस्य देउमाया थापा, वडा नं ३ का सचिब थानेश्वर न्यौपाने, आदर्श माबि बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नर बहादुर खड्का, स्थानीय समाज सेवी कृष्ण गौतम, नेपाल रेडक्रस सोसाइटी खजुरा शाखाका सभापती जीवनाथ सापकोटा लगायतले नयाँ समितिले जिम्मेवारी पाएसंगै शैक्षिक गुणस्तरमा सुधार आउनेमा जोड दिए ।

प्रतिक्रिया

प्रतिक्रिया