वसन्त गौतम / नेपालगन्ज
बाँके जिल्ला अदालतमा झण्डै ३ हजार ५ सय मुद्दा दर्ता भएका छन् । बाँके जिल्ला अदालतले न्यायपालिकाको चौथो पञ्च बर्षिय रणनैतिक योजना अन्तर्गत २०७६÷०७७ — २०८०÷०८१ अन्तर्गत बनेको छैठौ बार्षिक कार्यायोजनाको कार्यान्वयनको बिषयमा मंगलबार सरोकारवालासंग आयोजित अन्तरक्रियामा बाँके जिल्ला अदालतमा २०७६ साल असोज मसान्त सम्ममा जम्मा ३ हजार ४ सय ३० थान मुद्दा दर्ता भएको जानकारी दिइएको हो । जसमा गत आर्थिक बर्षबाट जिम्मेवारी सरेका २ हजार ६ सय १९ र नयाँ ८ सय ११ थान मुद्दा रहेका छन् ।
हाल मुद्दा फस्र्याैट हुन बाँकी मुद्दाको संख्या ३ सय ७३ र चालु बिचाराधिन मुद्दा संख्या ३ हजार ५९ रहेको बाँके जिल्ला अदालतका श्रेस्तेदार यदुनाथ शर्माले जानकारी दिएका छन् । चालु मुद्दा मध्ये १ सय ८६ मुद्दा दुई बर्ष नाघेका छन् ।
बार्षिक रुपमा फैसला गर्नु पर्ने जिम्मेवारीका र नयाँ दर्ता मुद्दाको ५० प्रतिशत गरि जम्मा ४ हजार १ सय १७ हुनु पर्नेमा २०७६ असोज मसान्तसम्ममा फैसला गर्नु पर्ने ५ सय ३५ मा कार्तिक सम्ममा जम्मा २ सय ७७ मुद्दा फैसला भएको शर्माले जानकारी दिएका छन् ।
अदालतले २०७६ असोज महिना सम्मको जम्मा ५ सय ३५ थान मुद्दा फस्र्यौट गर्ने लक्ष्य राखेकोमा ३ सय ७१ थान मुद्दा फछ्र्यौट भई लक्ष्यको तुलनामा १ सय ६४ कम अर्थात् ६९.३४ प्रतिशत मुद्दा फछ्र्यौट भएको श्रेस्तेदार शर्माले बताए ।
अदालत अत्याधिक रुपमा नयाँ फौजदारी मुद्दाको थुनछेकमा ब्यस्त रहनु परेको, थुनुवालाई पक्राउ पुर्जी जारी अनुमति दिने समर्थन र प्रमाणिकरण आदीको कार्यबोझका कारण लक्ष्य अनुसार मुद्दा फस्र्यौटको उपलब्धी हासिल गर्नमा चुनौती रहेको शर्माले बताए ।