मनाइयो भुर्की पूजन (तस्वीर)

नेपालगन्ज – मधेशी समुदायमा दिपावलीको अन्तिम (यम पञ्चक) दिन भुर्की पूजन गर्ने चलन रहेको छ ।
सोही अनुसार कार्तिक १२ गते मंगलवारका दिन तराईका मधेशी समुदायका महिलाहरुले मधेशी समुदायमा यम पञ्चकको पाँचौं दिन अर्थात् भैया दूईजमा भुर्की पूजन गरी आ–आपना दाजु भाईलाई टीका लगाएर चिउरा, भर्की र मिठाई खुवाउने परम्परा रहेको छ ।


आ–आफनो घरको आँगनमा गाईको गोबरले लिपपोत गरी भाईको चित्र कोरेर, नदी नाला, तलाउ, पर्वत, बाघ, भालु, सर्प, वनजंगलका चित्र बनाएर जंगलमा पाइने कुश लगायतका विभिन्न काँडाहरु राखी त्यसमाथि गाउँघरमा पहिला मसला पिसदै आएका सिलौटा राखेर पूजा गर्ने चलन रहेको छ । दाजुभाईलाई कूनै किसिमको बाधा अड्चन नआओस, वन, जंगलका रहने जनावरहरुले कुनै किसिमको हानी नोक्सान नगरुन् भनेर ई सवैकाो पूजाआजा गर्ने परम्परा परापूर्व कालदेखि रही आएको छ ।


उक्त सिलौटा माथि चामलको पिठोले नदी बनाएर त्यसमा धमैका रुपमा मानेका भाईको मूति बनाएर पूजा गर्नै गरिन्छ । भने गाउँ घरका सम्पूर्ण महिलाहरु एकजुट भई बिना अन्नजल (निराहार ब्रत) का साथ सामूहिक रुपमा भुर्की पूजन गर्ने परम्परा रहेको छ ।
पूजाआजा गरी सकेपछि मात्र अन्नजल प्रसाद ग्रहण गर्ने गरिन्छ । त्यसै क्रममा व्रतालु महिलाहरुले भाईबहिनीको सुख, समृद्धि तथा शान्तिका लागि विभिन्न कथा, कहानी, पनि सुनाउने गर्छिन् । पूजा गर्ने क्रममा दिदी बहिनीहरुले आण्ज्ञछण् आफनो दाजुभाईको सुख, शान्ति, उन्नति, सुस्वास्थ्य तथा प्रगतिको लागि प्रार्थना तथा कामना गर्ने गर्छन् ।


पूजा गरिएका चिउरा भुर्कीलाई टाडा टाडा सम्म रहेका आफ्ना दाजुभाईहरुलाई कार्तिक पूर्णिमा सम्म पनि चिउरा भुर्की खुवाउने पनि प्रचलन रही आएको छ । यसरी बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–१९ सुर्जी गाउँमा भुर्की पूजन गरिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया