बैजनाथ ४ तिलकपुरका स्थानीय बासिन्दाले लैंगिक हिंसा र लागु औषधका घटना रोकथाममा सामुहिक पहल थाल्ने बताएका छन् । इन्टरनेशनल एलर्डको सहयोगमा महिला कानून र बिकास मञ्चले आयोजना गरेको सम्बाद कार्यक्रममा बोल्दै स्थानीयले गाउँमा अन्यत्रबाट लागु औषध सेवन गर्ने र अवाच्छित क्रियाकलाप गर्नेको संख्या बढ्दै गएकोमा चिन्ता प्रकट गर्दै रोकथाममा सामुदायिक पहलको खाँचो रहेको बताएका थिए ।
राजनैतिक दलका कार्यकर्ता, समाजसेवी, युवाक्लव, आमासमुह, प्रहरी, स्थानिय बासिन्दा लगायतका सरोकारवाला बिच गरिएको लागु औषध र लैंगिक हिंशाको रोकथाममा समुदायको भुमिका बिषयक सामुदायिक सम्बाद कार्यक्रममा बोल्दै महिला नेतृ मिरा कार्कीले गाउँको नर्सरी जंगल क्षेत्रमा अन्यत्रबाट युवा युवती आई लागु औषध सेवन गर्ने, प्रबृत्तिले गाउँका महिलाहरु निधक्कसंग हिडडुल गर्नमा समस्या रहेकाले यस्ता अवाच्छित र अपराधिक क्रियाकलाप रोकिनु पर्नेमा जोड दिइन् । पहिलेको तुलनामा महिला हिंसाका घटनामा कमी नभएता पनि अझै पनि बिभिन्न बहानामा महिला उपर हिंसा भैरहेकोले यसको रोकथामको लागी आफैबाट सुरुवात गर्नु पर्ने बताइन् ।
बानियभार प्रहरी बिटमा कार्यरत प्रहरी हवलल्दार हरि बहादुर बिकले लैगिक हिंसा र लागु औषधका घटनाको रोकथाममा प्रहरी सक्रिय रहेको बताउदै गाउँमा कुनै अपराधिक क्रियाकलाप भए प्रहरीलाई खवर गर्न आग्रह गरे । अपराधिक घटना भएको सुचना पाएमा प्रहरीले पीडितलाई सघाउने बिकले बताए । लैंगिक हिंसाको उजुरी सुनुवाईका लागि प्रहरीमा महिला तथा बालबालिका सेवा केन्द्र र महिला सेल जस्ता संयन्त्र रहेको बिकले जानकारी गराए ।
कार्यक्रममा महिला, कानून र बिकाश मञ्चका सचिव रुपनारायण श्रेष्ठले कुनै पनि कारणले समुदायमा हुने द्वन्द्व समाधानमा सघाउ पु¥याउने उद्देश्यले समुदायस्तरमा सामुदायिक सम्बाद कार्यक्रम गरिएको बताए । गाउँमा सानातिना देवानी प्रकृतीका बिवाद भए गाउँमै सहजकर्ता मार्पmत सुल्झाउने वा न्यायिक समितिमा निवेदन गर्न सकिने श्रेष्ठले जानकारी दिए । अपराधिक घटनाले ब्यक्तिको मानव अधिकार उपभोगमा असर पर्ने भन्दै गम्भीर प्रकृतिका फौजदारी अपरापका घटनालाई कानूनी दायरा ल्याउनमा सबैले सहयोग गर्नु पर्ने श्रेष्ठले बताए ।
कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै अधिवक्ता वसन्त गौतमले लैंगिक हिंसा कानूनी अपराध भएकोले हिंसा गरेमा कानूनी कारवाही हुने कुराको प्रचार प्रचार हुन जरुरी रहेको बताए । पछिल्लो समय लागु औषध सेवनकर्ता बढ्दै जादा यसले गम्भीर समस्या निम्ताउदै गएकोले यसको रोकथामा सबै लाग्नु पर्नेमा जोड दिए ।
‘न्यायका लागि न्यायाधीश खोज्न जानु पर्दैन’
संवाद कार्यक्रममा बोल्दै स्थानीय राम बहादुर पुनले गाउँको सानातिना बिवाद र समस्या आपसमा मिलेर गाउँमै समाधान गर्न सकिने भएकाले न्यायका लागि न्यायाधीश खोज्न जानु नपर्ने बताए । गाउँमा सानातिर मनमुटावका बिषयलाई सम्बादका माध्यमबाट निकास खोज्न सकिने र तत्कालै न्यायको अनुभुति हुन सक्ने भएकाले सानातिना कुरामा अदालत धाउने र मुद्दा लड्ने प्रबृत्तिको अन्त्य गरिनु पर्नेमा जोड दिए । गाउँमा कुनै बिषयमा बिवाद वा मनमुटाव आए सम्बादका माध्यामबाट सुल्झाउन पहल गरिने प्रतिवद्धता समेत कार्यक्रमका सहभागीहरुले जनाएका थिए ।
सबैजसो बाहिरबाट आई बसोवास गर्ने भएका कारण तिलकपुर गाउँका वासिन्दा गाउँपालिका लगायतका सरकारी सेवा सुबिधाबाट बन्चित हुन परेको स्थानीय रबिन थापा, राम बहादुर पुन सद्धन नेपाली लगायतले गुनासो गरे । गाउँमा बिद्युत बिस्तार हुन सकेको छैन, गाउँपालिकाले पनि गाउँको बिकास र समुदायको सवाल सम्बोधन गर्न नसकको उनीहरुको गुनासो थियो ।
युवा क्लवका नवकिरण शाहले गाउँमा लागु औषधको दुब्यसनी तिव्र गतिले बढेको, गाँजा चरेश सेवनमा युवतीहरु समेत फस्ने गरेको बताए । लागु औषध प्रयोगकर्ताहरु बिशेष गरि तिनघरुवा किरननाला, नर्सरी बन क्षेत्रमा आई लागु औषध सेवन गर्ने अवाच्छित क्रियाकलाप गर्ने गरेका कारण गाउँका महिलाहरु उक्त क्षेत्रमा निधक्क भएर हिडडुल गर्नमा समस्या रहेको बताए । गाउँमा यस्ता प्रकृतीका कुनै अपराधिक घटना भएमा वा हुन लागेमा यसको रोकथाको लागि स्थानीयले प्रहरीमा खवर गर्नु पर्ने बताए ।
समुदाय स्तरमा हुने बिवादलाइ सम्बादको माध्यमबाट समाधानको पहल थाल्ने, सामाजिक सद्भाव कायम राख्ने उद्देश्यका साथ गरिएको कार्यक्रममा सहभागीले सुर्तिजन्य पदार्थ, घरेलु उत्पादनका मदिरा, लागु औषधको सेवन र कारोवारका कारण गाउँमा आपसी द्वन्द्व र अपराधिक घटना हुने गरेको तर्फ चिन्ता ब्यक्त गर्दै यसको रोकथाममा सबैले पहल गर्नु पर्नेमा जोड दिएका थिए ।
महिला कानून र बिकाश मञ्च र इन्टरनेशनल एलर्डको आयोजना गरेको सम्बादको तालिम लिएकी मिरा कार्कीले तालिमले आफुलाई द्वन्द्व र बिवादको बिषयमा छलफल गर्न मद्दत पुगेको र यसले आफ्नो स्वभावमा समेत परिवर्तन ल्याएको बताइन् । तालिम पश्चात गाउँमा आफुले कुखुरा चल्लाको बिवाद साध सिमाना लगायतका आधा दर्जन बढी बिवाद समाधान गरि सकेको जानकारी गराइन् ।
प्रहरी चौकी बनियाभारका प्रहरी हरि बहादुर बिकले प्रहरीको एक्लो प्रयासले मात्रै लैंगिक हिंसा लगायतका अपराधजन्य घटनाको नियन्त्रण गर्न नसक्ने भन्दै अपराध रोकथाम गर्न प्रहरीले समुदायसंग मिलेर काम गर्न चाहेको बताए । अपराधिक घटना हुनै नदिन सबैले आ–आफ्नो तफबार्ट भूमिका खेल्नु पर्ने यसको लागि सुचनाको आदान प्रदान हुनु पर्नेमा जोड दिए ।
लागु औषध र लैंगिक हिंसाका घटना न्यूनीकरण गर्ने र सम्बादको माध्यामबाट देखिएका समस्या र चुनौतीहरुको पहिचान गरि समस्या समाधानका सामुहिक उपायहरु पहिल्याउने उद्देश्यले सरोकारवाला बीच सम्बाद कार्यक्रमको आयोजना गरिएको सम्बादका सहजकर्ता मिरा कार्कीले बताइन् ।