बाँसगढीमा तयार भयो केदारेश्वर धाम

बाँसगढीमा ओम केदारेश्वर धामको निर्माण सकिएको छ । धामको आगामी चैत्र २८ गते राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । केदारेश्वर धाममा विश्व प्रसिद्ध १०८ फिट अग्लो दिव्य ज्योर्तिलिङ्ग, ३८४ सिडिको कैलाशमार्ग, १०८ गोमुखी मुक्तिधारा, १०८ तुलसीमठ र गणेश मन्दिरको निर्माण गरिएको छ ।

 
६ हेक्टरमा फैलिएको धार्मिक वन क्षेत्रभित्र अन्य थुप्रै धार्मिक संरचना निर्मार्णाधिन रहेको छ । उक्त क्षेत्रलाई सरकारले मुलुकको उत्कृष्ट सय पर्यटकीय गन्तव्यमा राखेको छ । हिन्दु धर्मावलम्वी भक्तहरुको दान र संकल्पबाट अधिकांस संरचना निर्माण भएका हो । जसलाई सरकारी निकायबाट पनि आर्थिक सहयोग प्राप्त भएको ट्रष्टका कार्यवाहक अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले जानकारी दिए ।

 
चैत्र २८ गते धाम उद्घाटन सँगै महायज्ञ सुरु गर्ने आयोजकले जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया