नेपालगन्जको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिर परिसरमा रहेको जुंगो महादेवको मन्दिरमा राखिएको मूर्तिमा सजाइएको गहना चोरीको प्रयास भएको थियो ।
२०७२ साल पुस ९ गते महादेवको मूर्तिमा सजाइएको चन्द्रमा चोरीको प्रयास भएको थियो । मूर्तिमा रहेको चन्द्रमा दिउँसै चोरीको प्रयास भएको थियो ।
प्रहरीको निरन्तर निगरानी रहने उक्त स्थलमा चोरीको प्रयास गर्ने व्यक्तिलाई प्रहरीले सिसि क्यामेराको भिडियो हेरेर पक्राउ गरेको थियो ।
सिसि क्यामेरामा निरन्तर निगरानी गरेको प्रहरीले रंगेहात चेरी कार्यमा संलग्नताको आरोपमा नेपालगन्ज–९ बस्ने एक व्यक्तिलाई समातेको थियो । पुजा गर्ने बहानामा मन्दिर भित्र पसेका व्यक्तिले दिउसो साढे १ बजेभित्र डेढ तोला बराबरको सुनको चन्द्रमा चोर्ने क्रममा पक्राउ गरेको तत्कालीन जिल्ला प्रहरीको नेतृत्वले प्रहरीले दिएको जानकारीमा उल्लेख छ ।












