इरिक्सा व्यवस्थापनका लागि नगरको समिति

नेपालगन्ज उपमहानगरपालिकाले इ–रिक्सा व्यवस्थापनका लागि बनाएको पहिलो समिति ‘फेल’ भएपछि पुनः अर्को समिति बनाएको छ । यसअघिका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा बनाइएको समितिको ‘मिटिङ्ग’ नै नबसेपछि पुनः अर्को समिति बनाइएको हो ।

 
नेपालगन्ज नगर प्रमुख डा. राणाले इ–रिक्सा व्यवस्थापनका लागि ओबिराज आचार्यको नेतृत्वमा समिति बनाइएको जानकारी दिए । उनले नेपालगन्जमा इरिक्साको संख्या हजारौंको संख्यामा भैसकेकाले त्यसको व्यवस्थापन आवश्यक रहेको धारणा राखेका थिए । ‘समिति बनाएर जिम्मेवारी सुम्पेका छौं, व्यवस्थापनको काम हुन्छ’, नगर प्रमुख डा. राणाले भने ।

 
नगर प्रमुख राणाले नगरमा ठेला व्यवसाय, गाडा, घुम्ती पसलको व्यवस्थापनका सम्बन्धमा निरन्तर चलिरहने बताए । ‘रोजगारीसँग जोडिएकाले सबैलाई तत्काल हटाउन गाह्रो छ’, नगर प्रमुख डा. राणाले भने, ‘व्यवस्थापन आवश्यक छ, बिस्तारै हुँदै जानेछ, यो नियमित प्रक्रिया हो ।’

 
इ–रिक्सा व्यवस्थापनका लागि गठित समितिका संयोजक ओबिराज आचार्यले दुई महिना भित्र नगर क्षेत्रमा इ–रिक्सा व्यवस्थापन गरिसकिने बताए । उनले समितिको बैठक बसी प्रतिवेदन तयार भएकाले छिट्टै प्रतिवेदन बुझाइ कार्यान्वयनमा जाने विश्वास दिलाए ।

 
कार्यक्रममा पत्रकार माधव अधिकारीले इ–रिक्साका कारण दुर्घटना बढेको र सडक व्यवस्थित हुन पुगेको भन्दै नगरप्रमुखको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया