प्रेस मजदुर यूनियन नेपालगन्ज उपमहानगरको नेतृत्वमा विकास पाठक सर्वसम्मत चयन भएका छन् ।
शनिबार भएको नगरको प्रथम अधिवेशनले पाठकको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । नवगठित कार्यसमितिको उपाध्यक्षमा रमेश चौधरी, आर्थिक उपाध्यक्षमा सुनिता चौधरी, सचिवमा जाकिर हुसेन शाह, सहसचिवमा धर्म सिंह ठाकुर रहेका छन् ।
त्यस्तै, सदस्यहरुमा विद्याराम तेली, राजितराम सोनखर, सुरेश थारु, कमल पाठक रहेका छन् । कार्यक्रम यूनियन बाँके अध्यक्ष हरि ज्ञवाली, जिफन्ट नगर अध्यक्ष दिपेश आचार्य लगायतको उपस्थिति रहेको थियो ।