जैसीको अध्यक्षतामा कर्मचारी संघ

दुर्गाप्रसाद जैसीको अध्यक्षतामा नेपाल सार्वजनिक सेवा कर्मचारी संघ प्रदेश नं. ५ को प्रदेश समिति निर्विरोध निर्वाचित भएको छ। बिहीवार बुटवलमा आयोजित प्रथम अधिवेशनले सो प्रदेश समिति निर्विरोध भएको हो।

 

नवनिर्वाचित अध्यक्ष जैसी,ने.वि.प्रा. कर्मचारी संघ मध्यपश्चिम क्षेत्रीय समितिका अध्यक्षसमेत रहनुभएको हो। निर्वाचित प्रदेश समितिको उपाध्यक्ष (खुला)मा संस्कृत विश्वाविद्यालय , दांगका ढुण्डीराज अधिकारी , उपाध्यक्ष (महिला)मा ने.वि.प्रा.तुलसीपुर वितरण केन्द्रका घना डिसी, सचिवमा रोहेन्द्रप्रसाद भण्डारी , सहसचिवमा टेलिकमका प्रेमबहादुर खत्री, कोषाध्यक्षमा यामबहादुर बोहरा रहनुभएको छ। त्यसैगरि सदस्य(महिला)मा सिर्जना आचार्य, रोजिना श्रीस , तथा सदस्य (खुला)मा गिरिजेश शुक्ल, संस्कृत विश्वविद्यालयका टोपबहादुर जनैदार,खानेपानी संस्थानका विमल पौडेल,टेलिकमको नारायण घिमिरे निर्विरोध हुनुभएको हो।

अधिवेशनमा प्रदेशका ८ जिल्लाका १०० बढी प्रदेश प्रतिनिधिहरुको सहभागिता रहेको थियो। नवनिर्वाचित अध्यक्ष जैसीले प्रदेशस्तरमा संगठन सुदृढीकरण तथा कर्मचारीका हकहितमा हरसम्भव प्रयास गर्ने प्रतिवद्धता गर्नुभयो। कार्यक्रमको उद्घाटन सत्रका नेपाली काँग्रेस का प्रमुख सचेतक बालकृष्ण खाँड, नेपाल सार्वजनिक सेवा कर्मचारी संघ केन्द्रीय अध्यक्ष जनार्दन भट्टराई , महिला उपाध्यक्ष प्रमिला ढुंगाना, नेपाली काँग्रेस रुपन्देही सचिव रामकृष्ण खाँडलगायतले विशेष मन्तव्य राख्नुभएको थियो।

प्रतिक्रिया

प्रतिक्रिया