न्यूरोडमा भानुभक्त नाममा चोक नामाकरण

व्यस्त व्यापारिक सडक न्यूरोडको एउटा चोकलाई आदीकवि भानुभक्त आचार्यका नाममा नामाकरण गरिएको छ ।
स्थानीय व्यवसायी, घरधनी, विभिन्न सामाजिक अगुवाहरुको एउटा भेलाले त्रिवेणीमोड पछिको चोकलाई ‘भानुभक्त चोक’ नामाकरण गरेको नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए ।

 
स्थानीय समेत रहेका श्रेष्ठकै अगुवाईमा भएको भेलाले आदीकवि भानुभक्त आचार्यको २०५औं जन्मजयन्ती पारेर चोक नामाकरण गरिएको हो । ‘नेपाली भाषा, साहित्यका आदीकवि भानुभक्तको सम्मान पनि हो’, श्रेष्ठले नामाकरणबारे दैनिक नेपालगन्जसँग भने, ‘जसले भाषाबाट नेपालीलाई जोड्ने काम गरे ।’

 
प्रसिद्ध धार्मिक ग्रन्थ रामायणका नेपाली अनुवादक समेत रहेका भानुभक्तको सम्मानमा न्यूरोडबाट घरबारीटोल र सल्यानीबंगला जानेबाटोलाई चोक नामाकरण गरिएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया