फाइनल हेर्ने विशेष व्यवस्था
सिद्धार्थ होटल नेपालगन्जले विश्व कप फुटबलको फाइनल ‘सेलिब्रेट’ गर्ने भएको छ । सिद्धार्थले आफ्ना गेष्टहरुका लागि विश्व कप फुटबल प्रतियोगिता २०१८ को फाइनल खेल घरायसी बातावरणमा रमाइलो गर्दै ठुलो पर्दामा हेर्नका लागि विशेष ब्यवस्था मिलाएको जानकारी दिएको छ ।
रसियामा जारी विश्व कप फुटबल प्रतियोगिता २०१८ को फाइनल खेल एक पटकको विश्व बिजेता टिम फ्रान्स र पहिलो पटक विश्व कपको फाइनलमा पुगेको क्रोसिया बीच आइतबार राती पौने ९ बजेदेखि हुँदैछ । उक्त खेललाई सिद्धार्थ होटेलमा २५० इन्चको स्क्रिनमा हेर्ने ब्यबस्था मिलाएको सिद्धार्थ गु्रुपका क्षेत्रीय प्रबन्धक न्यौपानेले जानकारी दिए ।
विश्व कप फुटबलको फाइनल खेल हेर्ने आउने गेष्टहरुका लागि सिद्धार्थ होटल नेपालगन्जले आफ्नो तर्फबाट निःशुल्क बेलकम डिङ्स सहित विशेष छुटको समेत ब्यवस्था मिलाएको जानकारी दिएको छ । ‘फुटबल हेरिसके पछि घरसम्म पुर्याउने व्यवस्था समेत गरिएको छ’, क्षेत्रीय प्रबन्धक न्यौपानेले भने ।