सिद्धार्थलाई अतिउत्तम अंक

खाद्य स्वच्छता कायम राख्ने उद्देश्यले क्षेत्रीय खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयले नेपालगन्जले गरेको होटल, रेस्टुरेन्टहरुको स्तरिकरण मुल्याङ्कन गर्ने कार्यलाई मंगलवार पनि जारी राखेको छ ।

 
कार्यालयले मंगलवार नेपालगन्जको कारकाँदो स्थित होटल सिद्धार्थ प्रा.लि र किचन हटका साथै कोठारपुर नजिकै रहेको नमस्ते रेष्टुरेन्टको स्तरीकरण मुल्याङ्कन गरेको छ । जस अनुसार होटल सिद्धार्थ प्रालिले ९२ अंक प्राप्त गरि अतिउत्तम अंक प्राप्त गरेको छ । यसै गरि होटल किचन हटले ७० र नमस्ते रेष्टुरेन्टले ७५ अंक प्राप्त गरेको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजका खाद्य अनुसन्धान अधिकृत बिवेक कुमार सुवेदीले जानकारी दिए ।

 
खाद्य स्वच्छताको आधारमा हालसम्म स्तरिकरण गरीएका बाँकेका १५ होटल मध्ये ३ वटा होटलहरुले मात्रै अतिउत्तम अंक पाएका छन् । जसमा नेपालगन्जको सुर्खेत रोडमा रहेको होटल सिग्नेट, कारकाँदोमा रहेको होटल सिद्धार्थ प्रालि र न्यूरोडमा रहेको होटल कल्पतरु मात्रै अतिउत्तम स्तर पाएको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जकी खाद्य निरिक्षक नेत्रा बोगटीले जानकारी दिइन् । स्तरीयकरण गरिएका अन्य होटलहरुले ५६ देखि ८७ अंकसम्म प्राप्त गरेका छन् । नेपालगन्जमा स्तरीकरण गर्ने कार्य जारी रहेको बताइएको छ ।

 
स्तरीकरणको कार्यमा क्षेत्रीय खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका खाद्य अनुसन्धान अधिकृत विवेक कुमार सुवेदी, खाद्य निरिक्षक नेत्रा बोगटी, प्राविधिक सहायक प्रतिज्ञा पण्डितका साथै उपभोक्ता हित संरक्षण मञ्चका बाँके अध्यक्ष अधिवक्ता वसन्त गौतमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया